कृषि यन्त्र मर्मत तालिम सुरु

ईश्वर बिश्वकर्मा
मैनापोखरी, चैत्र ३
दोलखाको बैतेश्वर गाउँपालिकाको मैनापोखरीमा सोमबारदेखि कृषि यन्त्र मर्मत तालिम सुरु भएको छ । कृषिमा आधुनिक यन्त्रको उपयोगसगैँ यन्त्र मर्मत सम्भारमा सहज गराउन कृषि शाखाले तालिम सुरु गरेको हो ।
तालिम उद्घाटन समारोहमा बोल्दै पालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले प्रविधिको उपयोग सगै मर्मत सम्भार पनि सिक्न जरुरी रहेकोले तालिम आयोजना गरिएको बताए । उनले कृषिमा आधुनिक यन्त्रको प्रयोग गर्ने किसानको संख्या बढ्दै गएको तर पनि यन्त्र सहि प्रयोग, हेरचाह लगायतको बिषयमा जानकारी नभएकाले कहिलेकांहि दुर्घटनामा पर्नुपरेको बताए ।
तालिममा एस. के. टि नेपालका प्राविधिक गणेश नेपाल र थ्री ब्रदस्र मोटर वर्कशप मैना पोखरीका प्रोपाईटर नवराज घिमिरेले सहजिकरण गर्ने छन् ।
तालि‌ममा नयाँ प्रविधिबारे जानकारी, प्रविधि उपयोग विधिका साथै अभ्यास, डिजेल हातेट्याक्टर मर्मत सम्भार हेरचाह लगायतको बिषयमा जानकारी दिइनेछ । तालिममा २५ जना कृषकहरुको सहभागिता रहेको छ ।

 

Shares

Be the first to comment on "कृषि यन्त्र मर्मत तालिम सुरु"

Leave a comment

Your email address will not be published.


*