कृषि प्रविधी पाएपछि जिरीका किसान दङ्ग

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन १७
दोलखाको जिरी नगरपालिकाका किसानहरु कृषि प्रविधी पाएपछि दङ्ग भएका छन् ।
केहीदिन अघि हातेट्याक्टर र थ्रेसर ५० प्रतिशत अनुदानमा पाएपछि किसानहरु कृषिमा सहज हुने भन्दै खुसी भएका हुन् । नगरले ग्रामिण वातावरणा सुधार समाज संस्था र युनएनडिपीको सहयोगमा २८ कृषक समुहलाई कृषि प्रबिधी वितरण गरेको नगरपालिकाका ना.प्रा.स गम्भिर खड्काले बताए ।
उपभोक्ता समितिबाट १३ लाख ५६ हजार र युनडिपी र ग्रामिण वातावरण सुधार समाज संस्थाको ५० प्रतिशत सहयोगमा नगरका कृषकहरुलाई कृषि प्रविधी वितरण गरेको उनले बताए ।
पाँच पोखरी कृषि सहकारी, नाम्सा उथान कृषि सहकारी संस्था लिमिटेड, लिमिटेड, बुद्धज्योति कृषि सहकारी संस्था लि, आविथान कृषि संस्था लिमिटेड र बुद्धज्योति कृषि सहकारी संस्था लि गरि ५ कृषि सहकारीले कृषि प्रविधी प्राप्त गरेको खड्काले बताए ।


बहुउद्धेश्यीय, क्षेर्मादिङ, जलेश्वर, ठुलो सिम, लालिगुराँश, अस्तला देवी, अगुवा, त्रिनेत्र युवा किवी व्यवसायिक, कलङ, त्रिसुले, कुने महिला, जिरेश्वरी रातामाटा, सेतीदेवी, नाबेक कृषक, रेन्जे कृषक, बुलडाँडा कृषक समुहका कृषकहरु कृषि प्रविधी पाएपछि खुसी भएका छन् । त्यसैगरि टाेल सुधार समिति र जिरी प्राविधिक शिक्षालयलाइ पनि वितरण गरिएकाे छ । काम छिटो, छरितो सहज तथा लागत र जनशक्ति पनि कम लाग्ने कृषकहरु विश्वस्त भएका छन् ।
नगरमा खाद्यन्न, तरकारी, फलफूललगायत कृषि बालीलाई यान्त्रिकिकरण गर्ने क्रम बढेको छ । कृषि औजार, उपकरण पाएपछि किसान त्यसतर्फ आकर्षित हुदैँ गएका छन् ।नगरपालिकाले कृषि उत्पादन बढाउन कृषिमा आधुनिकिकरणका लागि यान्त्रिकिकरणमा जोड दिएको छ ।

तस्बिर गम्भिर खड्का

Shares

Be the first to comment on "कृषि प्रविधी पाएपछि जिरीका किसान दङ्ग"

Leave a comment

Your email address will not be published.


*