कृषि अनुदानले कृषकलाई हौसला

इश्वर बिश्वकर्मा चरिकोट, असोज १५ –दोलखाको कालिञ्चोक गाउँपालिकाका वडा नं. १ का कृषकरुलाई बिहीबार कृषि सामग्री वितरण गरिएको छ । नामसालिङ सामुदायिक विकास केन्द्रदोलखाको एकीकृत सामुदायिक विकास परियोजनाको आर्थिक सहयोगमा कृषि सामग्री वितरण गरिएको हो । वडाका ३० जना कृषकहरुलाई प्लास्टिक टनेल र ८ समुहका ८ जना अगुवा कृषकलाई बिषादी छर्ने स्प्तप्रे वितरण गरिएको नामसालिङका जिल्ला संयोजक राजन केसीले बताए । गाउँपालिकाको समन्वय तथा दिपजङ कृषि सहकारी र कालिञ्चोक एकीकृत सामुदायिक विकास केन्द्रको उपस्थितिमा कृषकहरुलाई अनुदानमा कृषि सामग्री वितरण गरिएको उनले बताए ।

खोर र गोठ निर्माण गर्न किसानलाई नगद सहयोग

नामसालिङले यसअघि गाउँपालिकाको वडा नम्बर १, ५ र ६ का छनोटमा परेका ९० जना किसानलाई व्यवस्थित खोर र गोठ निर्माण गर्न नगद उपलब्ध गराएको थियो । खोर र गोठ निर्माण गरी नगद सहयोग लिने किसान वडा नम्बर १ का ६० जना र वडा नम्बर ५ र ६ का ३० जना रहेका छन् । कुखुराको खोर मात्रै बनाउने किसानलाई २ हजार ५ सय र गाई–भैँसीको गोठसहित बाख्राको खोर बनाउने किसानलाई पाँच हजार रकम उपलब्ध गराइएको छ । जीविकोपार्जनका लागि कुखुरापालन गर्ने कृषकले समेत व्यवस्थित खोर बनाउन २ हजार ५ सय रुपैँया सहयोग पाएका संयोजक केसीले बताए ।

Shares

Be the first to comment on "कृषि अनुदानले कृषकलाई हौसला"

Leave a comment

Your email address will not be published.


*