कृषकलाई १ सय ५९ वटा मौरी सहितको घार वितरण

राजकुमार भुजेल (निर), चरिकोट। दोलखाको भिमेश्वर नगरपालिका वडा नं ९ ले कृषकहरुलाई मौरी सहितको घार वितरण गरेको छ । बुधबार EBA2 प्रजेक्ट जिविकोपार्जन कार्यक्रम अन्तर्गतको ८० प्रतिशत तथा कृषकहरुको २० प्रतिशत अनुदानमा १ सय ५९ वटा मौरी सहितको घार वितरण गरेको हो। किसानको घरमा एक घार भए पनि निर्वाहमुखी भएको भन्दै व्यावसायिक मौरीपालन गर्न सघाउ पुर्‍याउने योजनाका साथ पहिलो पटक आफ्नो वडाका कृषकहरूलाई तालिम दिएर मौरी सहितको घार वितरण गरेको वडा अध्यक्ष हिमाल श्रेष्ठले बताउनुभयो । कृषकलाई मौरी व्यवस्थापनमा जोड दिदै मौरी पालनको पकेट क्षेत्र तोकेर मौरी वितरण गरेको उहाँको भनाइ छ ।

Shares

Be the first to comment on "कृषकलाई १ सय ५९ वटा मौरी सहितको घार वितरण"

Leave a comment

Your email address will not be published.


*