कुप्रिडाँडा आधारभुत विद्यालयको नवनिर्मित्त २ वटा भवन आज हस्तान्तरण

चरिकोट (दीस) –दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ७ मा रहेको कुप्रिडाँडा आधारभुत विद्यालयको नवनिर्मित्त २ वटा भवनको आज उद्धघाटन तथा हस्तान्तरण गरिएको छ । नेपाल सरकार राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण शिक्षा इकाई दोलखाले पुर्ननिर्माण गरेको आठ कोठे सुविधा सम्पन्न भवनको भिमेश्वर नगरपालिकाका मेयर भरत बहादुर के.सी.ले आज एक समारोहका विच उद्धघाटन तथा हस्तान्तरण गर्नु भएको छ । नव निर्मित २ वटा भवनको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण शिक्षा इकाई दोलखाका प्रमुख देब कुमार बरालले नगर प्रमुख के.सीलाई साँँचो हस्तान्तरण गर्नु भएको थियो । उक्त हस्तान्तरण भएको साँचो प्रमुख के.सीले सो वडाका अध्यक्ष कैलाश श्रेष्ठ मार्फत विद्यालयका प्रधानध्यापकलाई हस्तान्तरण भएको थियो ।

भवन उद्धघाटन गर्दै मेयर के.सीले विकासमा चनाखो रहन सवै जनतालाई आग्रह गर्नु भयो । उहाँले नगरपालिकाले नगर समृद्ध अभियान बनाउन शिक्षामा २५ प्रतिशत बजेट विनियोजन गरिएकोले सवै मिलेर शिक्षामा सुधार गर्नुपर्ने बताउनु भयो । नगर पालिकाले शिक्षामा सुधार गर्न सवै विद्यालयमा अंग्रेजी शिक्षा लागु उदाहरण दिदै शिक्षामा सुधार गर्न शिक्षक तथा अभिभावकको जिम्मेवारी रहेको बताउनु भयो । आफूले चुनाव जितेर आएपछि शिक्षा सुधारलाई पहिलो प्राथमिकता राखेको उल्लेख गर्दै शिक्षा सुधार भए मात्रै नगर समृद्ध हुने उहाँको भनाई रहेको छ ।
समाजमा सकारात्मक सोचको विकास भन्दा नकारात्मक सोच विकास भएको भन्दै अध्यारोलाई सराप्ने बानी विकास भएको उहाँले बताउनु भयो । कार्यक्रममा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण शिक्षा इकाई दोलखाका प्रमुख देब कुमारले दोलखामा प्राधिकरणले गुणस्तरका विद्यालयका भबन निर्माण गरको बताउनु भयो । दोलखामा सुबिधा सम्पन्न विद्यालय पुर्ननिर्माण भएकोले अब सरकारी शिक्षा सुधार आवस्यक रहेको बताउनुभयो । भीमेश्वर नगरपालिकाका शिक्षा अधिकृत अर्जून कार्कीले नगरपालिकाले शिक्षा सुधारमा विभिन्न योजना अगाडी सारेको जानकारी दिनु भयो । दोलखामा शिक्षा क्षेत्रमा धेरै लगानी भिमेश्वर भएको उहाँको भनाई रहेको छ । सो वडाका अध्यक्ष कैलाश श्रेष्ठले जनताको चाहना अनुसार वडामा विकास काम भईरहको दावी गर्नु भयो । वडामा सवै क्षेत्रमा समानुपातिक विकास भएको उहाँको भनाई रहेको छ । विद्यालय व्यवस्थापनका अध्यक्ष पुर्ण बहादुर खडकाको अध्यक्षतामा भएको कार्यक्रम भएको थियो ।

Shares

Be the first to comment on "कुप्रिडाँडा आधारभुत विद्यालयको नवनिर्मित्त २ वटा भवन आज हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*