कीटनाशक औषधि छर्कन मेयर के.सी आफै सडकमा

चरिकोट (दीस) । कोरोना भाइरस रोकथाम गर्न भीमेश्वर नगरपालिकाका नगर प्रमुख मेयर भरत के.सी आफै सडक आएका छन् । कोरोना भाइरस रोकथाम गर्न भीमेश्वर नगरपालिकाले शुक्रबारदेखि सदरमुकाम चरिकोट आसपासका क्षेत्रमा कीटनाशक (डिसइन्फेक्सन स्प्रे) औषधि छर्कन मेयर के.सी आफै सडकमा आएका हुन् । नगरपालिकाले जनताको सुरक्षाको लागि कीटनाशक (डिसइन्फेक्सन स्प्रे) औषधि छर्कन अभियान शुक्रबारबाट थालनी गरेको हो । भाइरस र व्याक्टेरिया मार्ने भीरकोन नामक १७ किलोग्राम औषधि तीनहजार लिटर पानीमा मिसाएर दमकलमार्फत भीमेश्वर नगरपालिकाको मुख्य बजारक्षेत्रमा छर्कन थालेको हो । विश्वव्यापी महामारीका रूपमा फैलिंदै गईरहेको कोरोना भाइरसको सम्भावित संक्रमण भीमेश्वर नगर क्षेत्रभित्र फैलिन नदिन औषधि छर्कन थालेको भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले जानकारी दिए । ‘भीमेश्वर नगपालिकाले बसपार्क, चरिघ्याङ, सातदोबाटो, पेट्रोलपम्प, टेलिफोनटावर, विचबजार, पुरानोबजार, पशुपतिडाँडा लगायतका स्थानमा कीटनाशक औषधि छर्कने कार्यको सुरुवात गरेको छ । मेयर केसीले भने, ’सार्वजनिक स्थानमा किटनाशक औषधि छर्किने र सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिन्छौँ ।’ उनले भने ।

Shares

Be the first to comment on "कीटनाशक औषधि छर्कन मेयर के.सी आफै सडकमा"

Leave a comment

Your email address will not be published.


*