किसानलाई हलो वितरण

चरिकोट,  –कालिञ्चोक गाउँपालिका–८ का किसानहरुलाई अनुदानमा फलामे हलो वितरण गरिएको छ । कृषिमा प्रोत्साहन र सहजताका लागि मंगलबार ६५ जना किसानलाई हलो वितरण गरिएको हो । पछिल्लो समय हाते ट्याक्टरका कारण हलो विस्थापित हुनुका साथै खेतबारी जोत्नकै लागि गोरु पाल्न छाडिसकिएको छ । तर पालिकाले गोरु पाल्दै आएका किसानहरुलाई सहजताको लागि भन्दै हलो वितरण गरेको हो । वडाध्यक्ष नन्दराज शिवाकोटीको अध्यक्ष्तामा हलो वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कालिका पाठकले एक किसानलाई हलो वितरण गरी कार्यक्रम सुरु गर्नुभएको थियो । उहाँले किसानहरुले बाँझो जमिन जोतेर उत्पादन बढाउने र आर्थिक उपार्जन हुने कुराको लागि हलो वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “जो–जो किसानहरुले हल गोरु पाल्नु भएको छ, उहाँहरुलाई प्रोत्साहन र सहजताका लागि हलो वितरण गरिएको हो” वडाध्यक्ष शिवाकोटीको अनुसार चालु आर्थिक वर्षको १ लाख रुपैयाँ हलो वितरणको लागि बजेट विनियोजन गरिएको थियो । सोही बजेटबाट खरीद गरिएका हलो किसानलाई वितरण गरिएको बताउनुभयो ।

Shares

Be the first to comment on "किसानलाई हलो वितरण"

Leave a comment

Your email address will not be published.


*