किसानलाई प्लास्टिक ट्याङ्की

चरिकोट(दीस)ः कालिञ्चोक गाउँपालिका वडा नम्बर आठका किसानलाई खानेपानी तथा सिंचाई प्रयोजनका लागि प्लास्टिक ट्याङ्की वितरण गरिएको छ । लुथरन वल्र्ड फेडेरेसनको आर्थिक सहयोगमा हुराडेक नेपाल दोलखाको सहकार्य तथा कालिञ्चोक गाउँपालिका वडा नं. ८ को समन्वयमा किसानहरुलाई प्लास्टिक ट्याङ्की वितरण गरिएको हो ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर आठ वडा कार्यालयको समन्वयमा एकल महिला, दलित र अपाङ्गता भएको व्यक्तिहरुमध्येबाट खानेपानी बढि नै अभाव भएका २० जना किसानहरु छनौट गरी ट्याङ्की वितरण गरिएको हुराडेक नेपाल दोलखाले जनाएको छ । वितरित ट्याङ्कीहरु पाँचसय लिटर क्षमताका रहेका छन् । हालै एक कार्यक्रमकाविच वडा नम्बर आठका वडाध्यक्ष सूर्यबहादुर आचार्यले स्थानीयहरुलाई ट्याङ्की वितरण गर्नुभएको हो ।

Shares

Be the first to comment on "किसानलाई प्लास्टिक ट्याङ्की"

Leave a comment

Your email address will not be published.


*