किवी जोनद्वारा अनुदान वितरण

इश्वर बिश्वकर्मा चरिकोट, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (किवी जोन) दोलखाले ८१ कृषक, कृषि समुह, कृषि सहकारी, फार्मलाई अनुदान दिएको छ । व्यवसायिक किवी खेतीमा लाग्न उत्प्रेरित गर्ने उद्धेश्यले गत आर्थिक वर्ष २०७६÷०७७ मा विभिन्न शिर्षकमा ५० प्रतिशत अनुदानमा प्रविधि एवं रकम वितरण गरेको हो । २७ वटा कृषक समुह, सहकारी लगायतलाई ७१ लाख रुपैयाँ बराबरको किवी थाग्रा अनुदानमा दिईएको इकाईले जनाएको छ । सिंचाई बापत १४ संस्थालाई २० लाख रुपैयाँ, उच्च प्रविधि नर्सरीका लागि ८ लाख रुपैयाँ अनुदान प्रदान गरिएको इकाईका कृषि अधिकृत विवेक सुनारले बताए । मिनिटिलर, किवी खेतीका लागि आवश्यक मेशिनरी उपकरण ३४ वटा कृषक समुह, सहकारी लगायतलाई वितरण गरिएको छ । जसमा ७ लाख रुपैयाँ रकम खर्च भएको छ । कृषि प्राविधिक शिक्षालय अनुदान बापत शैलुङ गाउँपालिकाको शारदा माविलाई ३ लाख रुपैयाँ वितरण गरिएको अधिकृत सुनारले बताए । सहभागितात्मक उच्च प्रविधि प्रर्दशनबापत ६ लाख २५ हजार रुपैयाँ अनुदान खर्च लगायत अनुदान स्वरुप गत बर्ष १ करोड ३८ लाख रुपैयाँ खर्च भएको उनले बताए । जिल्लामा किवी खेती विस्तारसँगै व्यवसायिक बन्न युवा पुस्तालाई आकर्षण गराउन अनुदान कार्यक्रम राखिएको उनले बताए । अनुदान पाएपछि कृषकहरु उत्साहित भई खेतीलाई बृद्धि गराउन लागि परेका छन् । किवी जोनमा १ सय ३८ कृषि समुह, कृषि सहकारी, फार्म, कम्पनी सुचिकृत भएका छन् । भीमेश्वर, जिरी नगरपालिका, शैलुङ, बैतेश्वर गाउँपालिका लगायतका स्थानीय तहमा किवी खेती हुने गरेको छ । जिल्लाको भीमेश्वर नगरपालिकाको वडा नं. १, ६, ७ र ८, जिरी नगरपालिकाका वडा नं. २, ४, ६ र ७, शैलुङ गाउँपालिकाको वडा नं. ३ र ८ किवी जोनका रुपमा विकास भएको छ । त्यसैगरि कालिञ्चोक गाउँपालिकाको वडा नं. ६ र ९, विगु गाउँपालिकाको ३ र ४ र गौरीशंकर गाउँपालिकाको २, ३ र ४ नं. वडा किवी जोनको रुपमा विकास भएको छ । फलफुलको राजा मानिने किवी पोषणयुक्त फल हो । हेवार्ड, एलिसन, रेड, एबोड, गोल्डेन, मिनी लगायत गरि जिल्लामा ८ प्रकारका किवी उत्पादन हुने गरेको छ ।

Shares

Be the first to comment on "किवी जोनद्वारा अनुदान वितरण"

Leave a comment

Your email address will not be published.


*