किवानिस क्लब अफ ह्यापी नेपालद्धारा बालबालिकालाई विभिन्न सामग्री वितरण

दीक्षण समाचार
चरिकोट, मंसिर २९
दोलखाको मेलुङ गाउँपालिका वडा नं. ५ डाँडाखर्क कार्तिके थामी बस्तीका बालबालिकालाई विभिन्न सामाग्री वितरण गरिएको छ । किवानिस क्लव अफ ह्यापी नेपाल, काठमाडौंले शनिबार थामी बस्तीका ५७ जना बालबालिकाको लागि कपडा, झोला, स्टेशनरी, खेलकुद र सरसफाईको सामाग्रीहरु वितरण गरेको हो ।


सामग्री वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले मेलुङमा आएर सहयोग गरेको संस्थाले भविष्यमा पनि सहयोग गरी बालबालिकालाई खुशी पार्नुपर्ने बताउनुभयो । किवानिस क्लव अफ ह्यापी नेपाल, काठमाडौंकी अध्यक्ष प्रमिला लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बिश्वकर्मा, वडाध्यक्ष मान बहादुर मगर, ह्यापी नेपालका उपाध्यक्ष श्री रामहरी बास्कोटा, कोअर्डिनेटर अमिर बास्तोला, वडा सदस्य टेक बहादुर मगर, स्थानीय समाजसेवी ललित बहादुर मगर, भीम थामी लगायतले मन्तव्य राख्नु भएको थियो । किवानिस क्लब अफ ह्यापी नेपाल बालबालिकाको खुशीका लागि क्रियाशील हुँदै आएको संस्था हो ।

Shares

Be the first to comment on "किवानिस क्लब अफ ह्यापी नेपालद्धारा बालबालिकालाई विभिन्न सामग्री वितरण"

Leave a comment

Your email address will not be published.


*