किर्नेटार खण्ड सडक पुनः सुचारु गर्न सोमबार सर्वदलिय बैठक सम्पन्न

चरिकोट (दीस) ःशनिबार बाढीले क्षति पु¥याएको पुष्पलाल मार्गको किर्नेटार खण्डलाई पुनः सुचारु गर्न सोमबार सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा प्रदेश सभा सांसद भरत ब. के.सी., एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, तामाकोसी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप के.सी., मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल लगायत अन्य राजनीतिक दलका प्रतिनिधि, हिमाल पावर लिमिटेड, सुरक्षा निकाय, स्थानीय सरकार र डिभिजन सडक कार्यालयका प्रतिनिधिहरू सहभागी थिए।

बैठकमा सहभागीहरूले सडकको वर्तमान अवस्था अवलोकन गरेपछि यथाशीघ्र सडक सञ्चालनका लागि आवश्यक पहल गरिने निष्कर्ष निकालेका छन्। एमाले अध्यक्ष नर बहादुर श्रेष्ठले बैठकमा सम्बन्धित  पक्षहरूको ध्यानाकर्षण गराउने र चाँडोभन्दा चाँडो समस्या समाधानका लागि पहल गरिने जानकारी दिनुभयो।

 

4o
Shares

Be the first to comment on "किर्नेटार खण्ड सडक पुनः सुचारु गर्न सोमबार सर्वदलिय बैठक सम्पन्न"

Leave a comment

Your email address will not be published.


*