किर्नेटारमा सवारीसाधनमा कीटनाशक औषधी छर्कन सुरु

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख २४
कोरोना भाइरस (कोभिड– १९) को संक्रमण रोकथामका लागि जिल्ला भित्रिने अत्यावश्यकिय सवारीसाधनमा कीटनाशक औषधि छर्केर मात्रै प्रवेश गराउन थालिएको छ ।
जिल्लाको मुख्य प्रवेशद्धार तामाकोसी गाउँपालिका वडा नं. ५ को शहरे किर्नेटारमा सवारी साधानलाई निसंक्रमण अर्थात ‘डिसइन्फेक्सन’ गर्न सुरु गरिएको हो ।
तामाकोसी गाउँपालिकाले तारादल गणको समन्वयमा बुधबारदेखि जिल्ला भित्रिने अत्यवश्यक सवारीसाधनमा किटनाशक औषधी छर्कन सुरु गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिंदै गइरहेको कोरोना भाइरसको संक्रमण जिल्लामा फैलिन नदिन उक्त प्रयास गरिएको तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । उनले एम्बुलेन्स, खाद्यान्न बोक्ने सवारीसाधन लगायत जिल्ला भित्रने सावारीसाधनलाई ‘डिसइन्फेक्सन’ गरेर मात्र जिल्ला प्रवेश गराउन थालिएको बताए । चरिकोटमा भने केहीदिन अगाडी भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा डिसइन्फेक्सन स्टेशन खडा गरि अत्यावश्यक सवारीसाधनमा कोरोनाशक औषधी छर्कन थालिएको छ ।विश्वव्यापी संक्रमणको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय दोलखामा पनि जिल्ला भित्रिने नाकामा कडाइ गरिएको छ ।

Shares

Be the first to comment on "किर्नेटारमा सवारीसाधनमा कीटनाशक औषधी छर्कन सुरु"

Leave a comment

Your email address will not be published.


*