किन भयो तामाकोसी ५ जलविद्युत आयोजनाको सिभिल तथा हाइड्रो मेकानिकलको ठेक्का रद्ध ?

काठमाडौंः तामाकोशी ५ जलविद्युत आयोजनाको ठेक्का रद्ध गरिएको छ । स्टिमेट कस्ट भन्दा बढी भएको कारण ठेक्का रद्ध गरिएको हो ।
सार्वजनिक–निजी साझेदारीमा निर्माण हुन लागेको तामाकोसी ५ जलविद्युत आयोजनाको प्रवर्धक कम्पनी तामाकोसी जलविद्युत कम्पनी लिमिटेडले बढी रकमको बोलपत्र परेपछि रद्द गरेको बताएको छ ।
सबैभन्दा कम दर प्रस्ताव गर्ने चीनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडको प्रस्ताव तामाकोसीले निर्धारण गरेको अनुमानित लागतभन्दा ३१ प्रतिशत बढी भएका कारण ठेक्का रद्ध गरिएको प्रवर्धक कम्पनीको भनाई रहेको छ । तामाकोसी जलविद्युत लिमिटेडले १० अर्ब ५४ करोड रुपैयाँको स्टिमेट लागत तयार पारे पनि सबैभन्दा कम दर प्रस्ताव गर्ने सिनोको १३ अर्ब ८५ करोड ७६ लाख १३ हजार २ सय ९ रुपैयाँ रहेको थियो ।
यस्तै चाइना गुेजुवा ग्रुपले सबैभन्दा बढी १९ अर्ब ७२ करोड १२ लाख ३४ हजार ४ सय ६१ रुपैयाँ प्रस्ताव गरेको थियो । अनुमानित लागतभन्दा बढी मूल्य आएपछि बोलपत्र रद्द गरेर पुनः बोलपत्र आह्वान गर्नुपने अवस्था आएको छ । वर्तमान सार्वजनिक खरिद ऐनमा आर्थिक एवं प्राविधिकरूपमा प्रभावग्राही कम मूल्य अंकित बोलपत्रदाता छनौट गर्नुपर्ने व्यवस्था रहेको छ । कम्पनीले साउन ९ गते आयोजनाको सिभिल र हाइड्रो मेकानिकलतर्फको ठेक्का निकालेको थियो।
कम्पनीले गत फागुन १६ गते आर्थिक प्रस्ताव खोलेको थियो। ९९.८ मेगावाट क्षमताको तमाकोसी पाँचौं आयोजना माथिल्लो तामाकोसी जलविद्युतको ‘क्यासकेड’ हो । माथिल्लो तामाकोसीको ‘टेलरेस’ बाट आउने पानी सिधै आठ किलोमिटर लामो सुरुङमा लगेर सुरिदोभान स्थित भूमिगत जलविद्युत केन्द्रबा विद्युत उत्पादन गरिने छ । यसकोलागि डिस्यान्डरको आवश्यकता पर्ने छैन । वित्तीयरूपमा निक्कै आकर्षक मानिएको यो आयोजनाको लागत प्रतिमेगावाट १६ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ । २०८४ भित्र आयोजनाबाट बिजुली उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

Shares

Be the first to comment on "किन भयो तामाकोसी ५ जलविद्युत आयोजनाको सिभिल तथा हाइड्रो मेकानिकलको ठेक्का रद्ध ?"

Leave a comment

Your email address will not be published.


*