किन बोल्नु हुन्न महोदय, सत्ता त रोग रैछ क्यार !!कानको।

केशवराज चौलागाई

हामी मरे नि मरौं त??
कहिले सम्म हो के ??
ठीक छ
हामी जे पर्छ ब्यहोरौंला
मर्नु परे मरौंला पनि।
तपाईंहरु बाँच्नु हुन्छ भने।
ग्यारेन्टी छ ! ??????????
जोगिनु हुन्छ???
के भो त हामी अड्किएर
तपाईंहरु जोगिनु हुन्छ भने?
हाम्रा पनि मुटुका टुक्रा छन त्यहाँ।
के हाम्रै डर हो??
बोल्नुस न महोदय,
सत्ता त रोग हो कि क्या हो !!!कानको।
जित्नु भनेको थिच्नु हो र?
घिच्नु र मिच्नु हो र?
सुन्नु त पर्छ नि!!
भन्नोस हामी के गरौं???
न आओ भन्छौ भने पनि भन।
केही छैन
देश बचाउनु पर्छ नि!!
महामारीले मात्र हैन
खिचातानीले पनि ।
सकिन्छ ??
कुनै योजना छ ???
कि खिचातानीमा व्यबस्था??
बोल्नुस न महोदय,
सत्ता त रोग रैछ क्यार!! कानको???
जसले सुन्नु पर्ने,उही बहिरो भएसी
चिहानमा वर्वराए जस्तो।
के अर्थ छ र??
हामी त जसो नि तयार छौं
मुलुक बाँच्ने हकमा।
टेण्डर पारी हाल्नु भो
अब त फुर्सदै होला नि!!
हाम्ले मात्र कष्ट वेहोरे पुग्छ??
त्यहांका मान्छे जाँचीसक्नु भो??
अब बढदैनन् त मान्छे??
हामी त जाँचीचई सक्यौं।
यता त केही न केही पक्का छ जँचाई।
मृत्युको चौथो चेतावनी हो कान नसुन्नु
तितो सुन्नु मीठो नसुन्नु।
त्यहामाथि सत्ता भाईरस।
हामी भन्दा पहिला चाहिँ नजानु होला।
सुन्ने प्रयास त गर्नुस
नत्र आंगनमा वजारेर
कान खोल्दिनु नपरोस
एक दिन त हामी आउँछौं ,आउँछौ।
बोल्नुस न महोदय,
सत्ता त रोग हो कि क्या हो !!कानको)

( कबि चौलागाई –नेपाली कांगे्रस दोलखाका नेता पनि हुनुहन्छ । )

 

Shares

Be the first to comment on "किन बोल्नु हुन्न महोदय, सत्ता त रोग रैछ क्यार !!कानको।"

Leave a comment

Your email address will not be published.


*