कालिन्चोक मन्दिरमा बेलुका ४ देखी विहान ६ बजे सम्म बन्द

अर्जुन अपबाद

दोलखा ,फागुन १२
कालीञ्चोक मन्दिर जान लागेका कालिञ्चोक गाउँपालिकाका पदम पाठक कुरी बजार पार गर्ने्वित्तिकै राखिएको सुचना देखेर अचम्ममा परे । सुचनामा लेखिएको थियो ’विहान ६ बजे गेट खोल्ने पूजारीले ६ बजे ३० मिनेट पूजा गरेपछी भक्तजनहरुले ६बजे ३० मिनेट पछिबाट पूजा गर्ने दिउँसो ११ बजे ५५ मिनेट नित्य पूजाको लागि ३० मिनेट बन्द हुनेछ र बेलुकी ४ बजेपछि विहान ६ सम्म बन्द हुनेछ।’
सुचना देखेपछि उनले स्थानीयहरुसँग त्यसको सोधखोज गरे। स्थानीयले २ महिनादेखि यो नियम लगाइएको जानकारी दिए । त्यसपछि उनले भने “यो काम गलत छ। व्यापारिक स्वार्थका लागि मन्दिरमा नयाँ नियम लगाइएछ । यसको म विरोध गर्छु। ”उनले भने ।
कालिन्चोकमा वेलुका ४ बजे देखी विहान ६ बजेसम्म प्रवेशमा निषेध गरिएको छ । त्यसको प्रत्यक्ष असर भक्तजनमा परेको छ । भक्तपुरबाट कालिन्चोकमा दर्शन गर्न आएका भक्तजनहरुले भने“ आफुहरु बेलुका ४बजेर ३० मिनेटमा कालिन्चोक पुग्दा त्यो दिन मन्दिर बन्द भएको कारण दर्सन गर्न नपाएको गुनासो गरे । उनीहरुले आफुहरु त्यो दिन नै दर्शन गरेर भक्तपुर फर्कन खोजेको तर मन्दिर बन्द भएको कारण कुरीमा बस्न बाध्य भएको बताए ।
कालिञ्चोक मन्दिरमा भेटिएका डिल बहादुर तामाङ भने ३ वर्ष अगाडिदेखि नै यो नियम लगाइएको दावी गर्छन । उनले आफूलाई मन्दिर व्यवस्थापन समितिको उपाध्यक्ष भनेर परिचय दिए । उनका अनुसार समितिमा प्रमूख जिल्ला अधिकारी अध्यक्ष छन्। उनैको अध्यक्षतामा बसेको बैठकले यो नियम लगाएको हो। नियमित रुपमा मन्दिर जाने भक्तजन भने तामाङको भनाइमा सहमत छैनन।
कालीञ्चोक गाँउपालिकाका प्रमूख विनकुमार थामी समय तोकेरकसले सुचना टाँस गर्योल भन्ने थाहा नभएको बताउँछन्। “कसले टाँसेको हो भन्ने खोजी भइरहेको छ। गाँउपालिकाले सुचना हटाउन निर्देशन समेत दिइसकेको छ, “ थामीले भने।
यसबारेमा प्रमूख जिल्ला अधिकारी सागरमणि पाठक सँग प्रतिक्रिया लिँदा उनले भने “यसबारेमा कुनै निर्णय भएको छैन । स्थानीयहरुले आफुखुसी टाँसेका हुन सक्छन । त्यसलाई हटाउन निर्देशन दिइसकिएको छ ।

https://www.facebook.com/dexain.daily/

Shares

Be the first to comment on "कालिन्चोक मन्दिरमा बेलुका ४ देखी विहान ६ बजे सम्म बन्द"

Leave a comment

Your email address will not be published.


*