कालिन्चोक तथा विगु गाउँपालिकामा अति आवश्यक सेवा बाहेकका अन्य सेवा बन्द

चरिकोट(दीस) –विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै दोलखाको कालिन्चोक तथा विगु गाउँपालिकाले अति आवश्यक सेवा बाहेकका अन्य कार्यालयबाट संन्चालन हुने सेवा बन्द गरेको जनाएका छन । आज दुवै गाउँपालिकाले सुचना निकाल्दै अन्य सेवा बन्द गरिएको बताएका छन् ।
चैत २१ गतेसम्म अत्यावश्यक बाहेकका अन्य सबै सेवा प्रवाह बन्द हुने कालिन्चोक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज ओलीले बताए । उनले पालिका भित्रका नागरिकलाई घर बस्न आग्रह गरे । पालिका भित्र सभा ,सम्मेलन तथा भिडमा नजान ओलीले आग्रह गरेका छन्। कार्यपालिका र मातहतका सम्पुर्ण वडा कार्यालयबाट हुने सेवाहरु स्वास्थ्य शाखा र सरसफाइका बाहेक सम्पुर्ण अन्य सेवा बन्द हुने  उनले जानकारी दिए । त्यसैगरी विगु गाउँपालिकाले अतिआवश्यक सेवा बाहेकका अन्य सवै कार्यालयबाट संन्चालन हुने सेवा बन्द गरेको पालिकाका प्रमुख युधिष्ठिर खडकाले बताए । पालिका भित्र स्वास्थ्य सेवा २४ घण्टा सेवा प्रवाह हुने प्रमुख खडकाले बताए । स्वास्थ्य सेवामा शनिबार पनि सेवा संन्चालन हुने पनि खडकाले बताए ।

 

Shares

Be the first to comment on "कालिन्चोक तथा विगु गाउँपालिकामा अति आवश्यक सेवा बाहेकका अन्य सेवा बन्द"

Leave a comment

Your email address will not be published.


*