कालिन्चोक गाउँपालिका वडा नं. ५ लाई सिल गरियो

दीक्षण दैनिक
चरिकोट, जेठ ७
दोलखाको कालिन्चोक गाउँपालिका वडा नं. ५ लापिलाङलाई सिल गरिएको छ । वडामा धेरै संख्यामा कोरोना संक्रमित रहेको देखिएकोले बिहीबार राती देखि आगामी १२ गते राती १२ सम्मको लागि सिल गरिएको हो । जिल्लामा निषेधाज्ञा जारी भएपनि वडामा भिडभाड हुने क्रियाकलाप रोकिएको छैन् । फलस्वरुप कोरोना संक्रमितको संख्या थपिदैँ गएको छ । कोरोना संक्रमण थप मानिसमा फैलिन नदिन यो उपाय अपनाइएको वडाध्यक्ष सुवास थामीले बताए । सिल गरिएको वडामा औषधी पसल बाहेक अन्य खाद्यान्न पसल, किराना पसल, मासु, फलफूल तथा तरकारी पसलहरु बिहान ६ बजेदेखि बिहान ८ बजेसम्म मात्र खोल्न पाइने र अन्य गतिविधि सञ्चालनमा भने पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।

Shares

Be the first to comment on "कालिन्चोक गाउँपालिका वडा नं. ५ लाई सिल गरियो"

Leave a comment

Your email address will not be published.


*