कालिन्चोक गाउँपालिकाका एक पुरुषको कोरोना संक्रमणले ज्यान गयो

चरिकोट (दीस) –दोलखा जिल्ला स्थाई ठेगाना भएका एक पुरुषकाे आज कोरोना संक्रमणले  मुत्यु भएको छ । स्वास्थ्य कार्यालय दोलखाका अनुसार मृत्यु हुनेमा कालिन्चोक गाउँपालिकाका ६५ बर्षका पुरुष रहेका छन् । उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।उनलाई पीसीआर टेष्टमा १५ गते कोरोना संक्रमण भएको थियो । उनको आज उपचारको क्रममा मृत्यु भएको हो ।दोलखामा मुत्यु हुनेको सङख्या चार पुगेकाे छ ।

नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा २ जना महिला र ६ जना पुरुष रहेका छन् । मृत्यु हुने महिलामा  सुनसरीकी २८ बर्षिय र चितवनकी ७६ बर्षिय महिला रहेका छन् । त्यस्तै मृत्यु हुने पुरुषमा ललितपुरका ६७ बर्षिय पुरुष रहेका छन् भने काठमाडौँका २ जना ८३ र ६८ बर्षिय पुरुष रहेका छन् । त्यस्तै सिन्धुपाल्चोकका ४१ बर्षिय, दोलखाका ६५ बर्षिय र कैलालीका ७९ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ । नेपालमा अहिले कोरोनासंक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६२ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

थप २१ सय २० जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ८४ हजार नाघ्यो

नेपालमा थप २१ सय २० जनामा कोरोना पुष्टि भएको छ । यो संक्रमण संख्या नेपालमा एकै दिन भएको अहिलेसम्मकै उच्च संख्या हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल २१ सय २० जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ  । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७४ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ६२ हजार ७४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७४.१ रहेको प्रवक्ता गौतमले बताएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ९७८ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १० लाख ६१ हजार ६६४ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा ४ हजार २७३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ७७३ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ११ हजार ५२९ जना रहेका छन् ।  त्यस्तै देशभर भेन्टिलेटरमा ३१ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २१७ जना रहेका छन् ।

काठमाडौँ उपत्यकामा आज ११ सय ७७ जनामा कोरोना पुष्टि 

काठमाडौँ उपत्यकामा आज ११ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका  प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना संक्रमित भेटिएका छन् ।

Shares

Be the first to comment on "कालिन्चोक गाउँपालिकाका एक पुरुषको कोरोना संक्रमणले ज्यान गयो"

Leave a comment

Your email address will not be published.


*