कालिन्चोक गाउँपालिकामा प्रथम उपाध्यक्ष कप प्रतियोगिता आजबाट सुरु

चरिकोट– दोलखाको कालिन्चोक गाउँपालिकामा अन्तरपालिका स्तरिय “ प्रथम उपाध्यक्ष कप” प्रतियोगिता आज बाट सुरु भएको छ । अन्तरपालिका स्तरीय “प्रथम उपाध्यक्ष कप” प्रतियोगिता राष्ट्रीय खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष एवम् भीमेश्वर नगरपालिकाका मेयर भरत वहादुर के.सीले एक समारोह विच उद्धघाटन गर्नु भएको थियो । उद्धघाटन कार्यक्रममा मेयर के.सी, पालिका अध्यक्ष विनकुमार थामी,उपाध्यक्ष कालिका पाठक ,जिल्ला खेलकुद दोलखाका अध्यक्ष हिरा थोकरले खेलाडीलाई शुभकामना दिनु भएको थियो । प्रतियोगितामा दोलखामा ६ वटा पालिकाको खेलमा सहभागिता रहेको छ । तीन दिन सम्म संन्चालन हुने खेलको समापन १६ गते हुने जनाइएको छ । महिलाहरुलाई हरेक क्षेत्रवाट अगाडि वढाउने र पालिकाको उदेश्य अनुरुप खेलको माध्यमवाट स्फूर्ति, स्मार्ट, स्वस्थ र सशक्तिकरणको लागि खेल आयोजना गरिएको पालिकाका उपाध्यक्ष पाठकले बताउनु भयो ।



Shares

Be the first to comment on "कालिन्चोक गाउँपालिकामा प्रथम उपाध्यक्ष कप प्रतियोगिता आजबाट सुरु"

Leave a comment

Your email address will not be published.


*