कालिन्चोक गाउँपालिकामा निशुल्क पशु शिविर , ५ सय ४ पशुको उपचार

smart

चरिकोट (दीस) –दोलखाको कालिन्चोक गाउँपालिकामा पशुहरुमा हुने बाँझोपन नियन्त्रणको लागि एक दिने निशुल्क बाँझोपन निवारण शिविर आज संन्चालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाको आयोजनामा भएको शिविर पालिकाको वडा नंम्बर २ निकोभुमीमा भएको हो । शिविरको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले उद्धघाटन गरेका थिए । पाण्डेले  दोलखाको उत्पादनमा उत्पादकत्व वृद्धिको लागि शिविर सहयोगी हुने बताए । सो गाउँपालिकाका प्रमुख विन कुमार थामीले शिविरले जनावरमा लाग्ने रोगको उपचार गर्ने बानि बस्ने र ठूलो नोक्सानी हुनेबाट बच्न बताए । वरिष्ठ पशु चिकित्सक डा.राम कुमार कार्कीले पशुहरु समयमा बाली नजाने उल्टि रहने अथवा लामो समयसम्म थारो रहने जस्ता समस्याको समाधानको लागि यो शिविर आयोजना गरीएको बताए । बाख्राहरुमा पिपिआर विरुद्ध खोप कुकुर बिरालोमा रेविज विरुद्ध खोप लगायत पशुहरुमा लाग्ने अन्य रोगहरुको लागि निशुल्क औषधि वितरण तथा खोप लगाईएको डा कार्कीले बताए । स्थानीय गणेश थामीले विकटमा यस्तो कार्यक्रम आयोजना हुनु खुसिको कुरा भएको प्रतिक्रया दिए ।

५ सय ४ पशुको उपचार

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाको आयोजनामा भएको शिविरमा ५ सय ४ पशुको उपचार गरिएको छ। शिविरमा गाई तथा गोरु १ सय ३९ वटा , भैसी २५ वटा, चौरी १३वटा , बाख्रा २सय ८७ वटा लाई उपचार गरिएको वरिष्ठ पशु चिकित्सक कार्कीले जानकारी दिए । त्यसैगरी शिविरमा कुकुर ३९ विरालो १ लाई उपचार गरिएको डा. कार्कीले जानकारी दिए । शिविरका १ सय ५ घरको सहभागिता रहेको थियो । शिविरमा वरिष्ठ पशु चिकित्सक डा. रामकुमार कार्की, पशु चिकित्सक पलट चौधरी, प्राविधिकहरु रामहरी शर्मा, संगिता थामी, बिशाल कार्की, मिलन मगर, खड्ग थामी, उर्मिला शिवाकोटी, दिक्षा थामि, तिर्थ बहादुर थापा, गोपाल सुवेदीले पशुको उपचार गरेका थिए ।

 

 

 

smart

 

Shares

Be the first to comment on "कालिन्चोक गाउँपालिकामा निशुल्क पशु शिविर , ५ सय ४ पशुको उपचार"

Leave a comment

Your email address will not be published.


*