कालिन्चोक गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दीस÷चरिकोट–दोलखाको कालिन्चोक गाउँँँपालिकामा मंगबारबाट पालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराको साथ कालिन्चोक गाउँपालिकाको आयोजनामा सित्का माविकाे प्राङ्गणमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले खेलको माध्यमबाट पालिकालाई जिल्लामा मात्र नभई, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत परिचित गराउन पालिकाले थप कसरत गर्नुपर्ने बताए ।

पालिका अध्यक्ष विन कुमार थामीले प्रतियोगिताले राम्रो र उत्कृष्ट खेलाडी बन्नका लागि निरन्तर अभ्यासमा लाग्नका लागि खेलाडीहरुलाई प्रेरणा दिने बताए । उनले खेल पूर्वाधारमा निर्माणमा पालिकाले विषेश जोड दिएको र युवाहरुलाई खेल क्षेत्रमा आकर्षित गर्न विविध प्रतियोगिताका साथै खेलकुदका सामग्री समेत वितरण गरिएको बताए । तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कालिन्चोक गाउपालिकाका ११ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको आयोजकले बताएको छ । उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष कालिका पाठक, जिल्ला खेलकुद विकास समिती दोलखाका अध्यक्ष रोहित खड्का, वडा नं. ७ का वडाध्यक्ष चेत बहादुर खड्का र पत्रकार ध्रुब आचार्यले मन्तव्य व्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "कालिन्चोक गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु"

Leave a comment

Your email address will not be published.


*