कालिन्चोक गाउँपालिकामा राप्रपाद्धारा वडा कमिटि गठन

दोलखा÷(दीस) – राष्ट्रिय प्रजातन्त्र पार्टी कालिञ्चोक गाउँपालिका वडा नं. १ गठन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको शनिबार सम्पन्न भेलाले राजकुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यिय वडा समिति गठन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका संस्थापक नेता एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य सुन्दर प्रकाश खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुन्दर प्रकाश खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय सम्पादन समितिका सदस्य विजय खड्का, पार्टीका नवनिर्वाचित अध्यक्ष राजकुमार श्रेष्ठ, विरबहादुर तामाङ लगाएतले मन्तव्य राखेका थिए । भेलाले अध्यक्ष राजकुमार श्रेष्ठ, उपाध्यक्षहरु विरबहादुर तामाङ, सुवास तामाङ, सचिवमा गणेश श्रेष्ठ कोषाध्यक्ष गिता श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा मंगलविर तामाङ, श्री बहादुर तामाङ, रमेश तामाङ, सोम बहादुर तामाङ, चित्र बहादुर श्रेष्ठ, गणेश श्रेष्ठ, टेकेन्द्र श्रेष्ठ र सोनाम पाख्रिन रहेका छन् । वडा नम्बर २को वडा अध्यक्षमा करुण पाण्डे , उपाध्यक्षमा कर्ण बहादुर सोडारी ,सचिवमा दिपक सोडारी (बुढाथोकी),कोषाध्यक्षमा वलदेव पाण्डे रहेका छन् । त्यसैगरी सदस्यहरुमा सुरेन्द्रबहादुर पाण्डे ,वाणासुर पाण्डे,प्रकाश पाण्डे,प्रकाश धतानी ,ज्ञानकुमार पाण्डे,निलबहादुर कार्की ,इन्द्रकुमार पाण्डे,भाष्कर पाण्डे,अनिल पाण्डे,हिमाल पाण्डे र ज्ञानु पाण्डे रहेका छन् । सो पालिकाको वडा नंं. ३ को अध्यक्षमा टपिन्द्र प्रसाद शिवाकोटी ९ सदस्यिय कमिटि गठन भएको छ । उपाध्यक्षमा गृहबहादुर अर्याल,सचिवमा दिपक बुढाथोकी, कोषाध्यक्षमा सम्सेर बहादुर बुढाथोकी रहेका छन् सदस्यहरुमा विरबहादुर पाण्डे ,मोतिलाल खत्री,पदमबहादुर पाण्डे,हर्कबहादुर खत्री,रामबहादुर बुढाथोकी रहेको राप्रपा दोलखाका अध्यक्ष राजन शिबाकोटीले जानकारी दिए ।

Shares

Be the first to comment on "कालिन्चोक गाउँपालिकामा राप्रपाद्धारा वडा कमिटि गठन"

Leave a comment

Your email address will not be published.


*