कालिन्चोक गाउँपालिकाकाे नागरिक पक्षमा उदाहरणीय कार्य सबै नागरिकको निःशुल्क स्वास्थ्य वीमा

दीक्षण समाचार, चरिकोट,  ः गुणस्तरीय स्वास्थ्य सेवामा सरल सहज पहुँच सुनिश्चित गर्न कालिन्चोक गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य वीमा गरिदिने भएको छ । यहाँ स्थायी बसोबास गर्दै आएका सबै नागरिकको निशुल्क स्वास्थ्य बिमा गरी स्वस्थ नागरिक, समृद्ध नागरिक बनाउन पालिका अघि बढेको हो । नौ वटा वडा रहेको पालिकाले निशुल्क बिमा गरिदिने भएपछि पालिकाका नागरिक खुशी भएका छन् । नेपालको संविधानले निदृष्ट गरे अनुसार स्वास्थ्य सेवालाई प्रत्येक नागरिकले उपभोग गर्न पाउने मौलिक हकको रुपमा स्थापित गरेको र सोही हक प्रदान गर्न पालिकाको तर्फबाट सबै नागरिकको स्वास्थ्य बिमा गरिदिन लागिएको बताइएको छ । यसका लागि नागरिकको विवतरण संकलन कार्य सुरु गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले बताउनुभयो । विवरण संकलन पश्चात लाभग्राही छनौट गरी बिमा पक्रियामा लगिने बताइएको छ । भदौ १८ गते देखि २४ गतेसम्म आवश्यक कागजातसहित सम्बन्धित वडामा निवेदन पेश गर्न गाउँपालिकाले अनुरोध गरेको थियो ।

https://www.youtube.com/watch?v=0xo1wxlW4O8&t=15shttps://www.youtube.com/c/DikshannewsDailyTV/videos

Shares

Be the first to comment on "कालिन्चोक गाउँपालिकाकाे नागरिक पक्षमा उदाहरणीय कार्य सबै नागरिकको निःशुल्क स्वास्थ्य वीमा"

Leave a comment

Your email address will not be published.


*