कालिन्चोकले सुरु ग¥यो साप्ताहिक गतिविधी प्रकाशन अभियान

चरिकोट(दीस)–दोलखाको कालिन्चोक गाउँपालिकाले आफुले गरेको साप्ताहिक गतिविधी सार्वजनिक गर्न थालेको छ । पालिकाले आफुले गरेको कार्यसम्पादन गतिविधी जनतालाई जानकारी दिन यो अभियान सुरु गरेको हो । एक सातामा पालिका भित्र गरेका सवै कार्यसम्पादन जानकारी पालिकाले आफ्नो वेबसाइड तथा स्थानीय संन्चार माध्यममा प्रकाशन गर्न थालेको छ । नागरिकले पालिकाले गरेको सवै कार्यसम्पादन थाहा पाउन भनेर यो अभियान थालनी गरिएको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले बताए । पालिकाले गरेका गतिविधी प्रकाशन मार्फत जनताको सुचनामा सहज पहँुच पुगोस भनेर यो अभियान थालनी गरेको उनले बताए । यो अभियानले पालिका भित्रका योजनाको के कस्ता प्रगती भयो , कति रकम भुक्तानी भयो पालिका भित्र हुने सम्पूर्ण गतिविधीहरुको जानकारी दिने उदेश्यका साथ यो अभियान थालनी गरेका हौ ” ओली भने । यसले पारदर्शी अभियानलाई सहयोग पुग्ने पनि उनको भनाई रहेको छ । पालिकाले गरेका कार्यसम्पादन जनताले थाहा पाउनु आजको आबस्यकता हो” ओलीले भने । गतिविधीमा पालिकले साप्ताहिकरुपमा सवै शाखाले गरेका कार्यसम्पादन सार्वजनिक गर्ने जनाएको छ ।हामीले विकासका धेरै काम गरेका छौ, तर जनताले सुचनाको अभाव भएको बताएकोले यो अभियान सुरु गरिएको पनि ओलीले बताए । हामी सधै भौतिक विकास कार्यमा व्यस्त हुन्छौ ,तर त्यसको कुनै प्रचार नभएकोले यो अभियान थालनी गरिएको पालिकाका इन्जिनियर नारायण शिवाकोटीले बताए । पालिकाले विकासलाई सुचारु गर्न यस अघि “विकास शिबिर” मार्फत सिहंदवारको आभास जनतालाई दिएको पनि उनले बताए ।हाल “विकास शिबिर” मार्फत गरिएका सम्झौताको योजनाको अनुगमन कार्य भईरहेको शिबाकोटीले बताए ।

Shares

Be the first to comment on "कालिन्चोकले सुरु ग¥यो साप्ताहिक गतिविधी प्रकाशन अभियान"

Leave a comment

Your email address will not be published.


*