कालिनाग साकोसको १४ औँ वार्षिक साधारण सभा सम्पन्न

दीक्षण समाचार
चरिकोट, असोज १३
दोलखाको कालिञ्चोक गाउँपालिका–२ सुनखानीमा अवस्थित कालिनाग बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले गर्नु भएको थियो। सो अवसरमा उहाँले ग्रामीण क्षेत्रको नागरिकको आर्थिक जीवन सबल बनाउन सहकारीको योगदानलाई अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले पालिकाको विकासको लक्ष्य प्राप्त गर्न सहकारी संस्थाहरुको भूमिका सशक्त रहनु पर्ने सुनाउदै सरकार– सहकारीको हातेमालोबाट विकासले फड्को मार्न सहज हुने बताउनुभयो ।
संस्थाको गत आर्थिक बर्ष २०७८÷०७९ को वार्षिक प्रगति प्रतिवेदन सचिव डम्बर बहादुर आचार्यले प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्ष कल्पना त्रिपाठीले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको कुल पुँजी ११ करोड ११ लाख ३१ हजार ३ सय ५५ रुपैयाँ र सेयर पुँजी ५७ लाख २४ हजार ५ सय रहेको छ। सहकारीले गत वर्षसम्म ९ करोड ६५ लाख ८४ हजार ४ सय २ रुपैयाँ ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ। संस्थामा २१ सय ४९ जना सेयर सदस्य रहेका छन् । संस्थाका अध्यक्ष कमल कार्कीले विधि र प्रविधको कसीमा सहकारीको क्षमता अभिवृद्धि गर्दै सदस्यको हितमा काम गर्ने बताउनुभयो ।

Shares

Be the first to comment on "कालिनाग साकोसको १४ औँ वार्षिक साधारण सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*