कालिनाग बचत तथा ऋण सहकारीले ल्यायो ब्याज छुट प्याकेज

अनिल दहाल/चरिकोट –विश्वमा कोरोना भाईरस (कोभिड–१९) को महामारीले दैनिक जीवनयापन असहज भई आर्थिक संकट बढीरहेको बेलामा सहकारी संस्थाहरूले धमाधम सदस्यमुखी कार्यक्रमहरु ल्याइरहेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नं. ८स्थित सुनखानीमा रहेको कालिनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरूलाई राहत हुनेगरी छुट्टै प्याकेज ल्याएको छ । सहकारीले २०७७ असार मसान्तसम्म ऋणको तोकिएको किस्तासहित बुझाएमा बिभिन्न छुट योजना ल्याएको छ ।
असारसम्म ब्याजमा १५ प्रतिशत छुट तथा पाकेको व्याज मात्र बुझाएमा पनि सम्पुर्ण ब्याजको १० प्रतिशत छुट गरिने तथा बन्दाबन्दी अवधिमा लागेको हर्जना शतप्रतिशत छुट गरिने संस्थाका व्यवस्थापक शिवहरिले शिवाकोटी बताए ।
सो समय अघि लागेको हर्जना ५०प्रतिशत छुट गरिने र विभिन्न माध्यमबाट खवर गरी सुचना गरिएको हकमा ब्याँज मात्र बुझाँउदा विशेष छुट रहेको उनले बताए । संस्थाले आगामी दिनमा सदस्यहरूको कोरोना बिमा गर्ने लगायतका थप सुविधा ल्याउने योजना रहेको उनले बताए । लकडाउनमा संस्थाले हाल बिहान बजे १० देखी दिउँसो १ बजेसम्म कार्यालय खुल्ला राखी सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाइएको छ ।

Shares

Be the first to comment on "कालिनाग बचत तथा ऋण सहकारीले ल्यायो ब्याज छुट प्याकेज"

Leave a comment

Your email address will not be published.


*