कालिढुङ्गा कृषि सहकारीकाे १० औ बार्षिक साधारणसभा सम्पन्न

इश्वर दाहाल दोलखाको बैतेश्वर गाउँपालिका गाउँपालिका वडा नं.३ पात्ले स्थित कालिढुङ्गा कृषि सहकारी संस्था ली. काे १० औ बार्षिक साधारणसभा सहकारीका अध्यक्ष अर्जुन दहालको अध्यक्षता तथा जिल्ला बचत संघ दाेलखाका उपाध्यक्ष पवन प्रसाद दहालकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। साधरणसभामा संस्थाका सचिब प्रविण कुमार खतिवडाले सञ्चालक समितिकाे प्रतिवेदन, कोषाध्यक्ष शिव प्रसाद खतिवडाले संस्थाकाे कुल १ कराेड ३६ हजार ७ सय बराबरकाे आर्थिक प्रतिबेदन, लेखा सुपरीवेक्षण समितिका संयाेजक इश्वर दहालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । विश्वभर महामारीको रुपमा फैलिएको काेराेना भाईरस (COVID-19) का बिचमा स्वास्थ्य सतर्कता अपनाउदै भएको कार्यक्रममा जिल्ला बचत संघ दाेलखाका उपाध्यक्ष पवन प्रसाद दहाल, जनजागरण साकाेसका उपाध्यक्ष पुष्कर कुमार दहाल, जनउत्थान साकाेसका उपाध्यक्ष केदार दहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे। वैतेश्वर गाउँपालिका ३ नं. वडाभर आफ्नो कार्यक्षेत्र बनाउदै आएकाे संस्थामा हाल ६ सय १० जना सदस्यहरु रहेका छन।

Shares

Be the first to comment on "कालिढुङ्गा कृषि सहकारीकाे १० औ बार्षिक साधारणसभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*