कालिञ्‍चोक गाउँपालिकाको गाडी दुर्घटनामा तीन घाइते

चरिकोट : कालिञ्चोक गाउँपालिकाको गाडी दुर्घटना हुँदा ३ कर्मचारी घाइते भएका छन् । कालिञ्चोक गाउँपालिकाको कार्यालयबाट चरिकोट आउँदै गरेको बा २ झ ४३५९ नम्बरको स्कार्पियो कालिञ्चोक गाउँपालिका ८, सोती बजार नजिक दुर्घटना हुँदा तीन कर्मचारी घाइते भएका हुन्।

गाउँपालिकाको कानुनी सल्लाहकार भीमेश्वर नगरपालिका २, पाखलतीका राजेन्द्रनारायण श्रेष्ठ, कानुनी सहजकर्ता कालिञ्चोक गाउँपालिका ३, लामिडाँडाकी सरिता ओली र कम्प्युटर अपरेटर कालिञ्चोक गाउँपालिका ६, लापिलाङका खड्ग थामी घाइते भएको दोलखा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।

घाइतेको चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । गाडीमा सवार प्रमुख प्रशासकीय अधिकृत नवराज ओली र सामाजिक परिचालक राम ओली सकुशल रहेको प्रहरीले जनाएको छ । गाडी सडकबाट करिब ३० मिटर तल रुखमा अड्किएको प्रहरीको भनाई छ।

Shares

Be the first to comment on "कालिञ्‍चोक गाउँपालिकाको गाडी दुर्घटनामा तीन घाइते"

Leave a comment

Your email address will not be published.


*