कालिञ्चोक माविको ४९ औँ बार्षिक उत्सब सम्पन्न, गत बर्ष ३ करोड भन्दा बढि आम्दानी

ईश्वर बिश्वकर्मा
चरिकोट, पुस २
दोलखा सदरमुकाम चरिकोट लामाचौरमा रहेको कालिञ्चोक माध्यमिक विद्यालयको ४९ औँ वार्षिक उत्सब बुधबार  मनाइएको छ ।
उत्सब समारोहमा भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले समारोहको उद्धघाटन गर्दै भीमेश्वर नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरको बताए ।
बार्षिक उत्सब समारोहमा विद्यालयका प्रधानाध्यपक नवराज न्यौपानेले आर्थिक वर्ष २०७५÷०७६ को आर्थिक प्रगति प्रस्तुत गरे ।
घरभाडा आम्दानी, बैँक ब्याज, दिवा खाजा कार्यक्रम, भीमेश्वर नगरपालिकाबाट, प्रदेश खेलकुद कार्यक्रम लगायतका दर्जनौ शिर्षकबाट ३ करोड ४ लाख ३८ हजार १ सय ४४ रुपैँया आम्दानी गरेको उनले बताए ।
उनले विद्यालय नमुना विद्यालय छनौटमा परि नमुना बन्ने प्रक्रियामा रहेकोले यसमा शिक्षक, अभिभावक, व्यवस्थापन समिति र विद्यार्थीलाई नमुना विद्यालय बनाउन सहयोग गर्न आग्रह गरे ।
उनका अनुसार विद्यालय प्रशासनप्रति आर्थिक हिनामिनाको शंका अभिभावकको तर्फबाट भएकाले विद्यालयले कुनैपनि गैरकानुनी क्रियाकलापमा संलग्न नभएको बताए ।
उत्सब समारोहमा अमर स्मृति शैक्षिक पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार तथा सोही विद्यालयका शिक्षक शम्भु गौतमा पुरस्कृत भएका छन् । जेहेनदार तथा कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई छात्रबृति प्रदान गरिएको छ । त्यसैगरि विद्यालयले आयोजना गरेको विभिन्न प्रतियोगितमा विजेता विद्यार्थीहरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।उत्सबमा विद्यालयका सहप्रधानाध्यापक गणेश श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

Shares

Be the first to comment on "कालिञ्चोक माविको ४९ औँ बार्षिक उत्सब सम्पन्न, गत बर्ष ३ करोड भन्दा बढि आम्दानी"

Leave a comment

Your email address will not be published.


*