कालिञ्चोक गाउँपालिका वडा नं. ८ मा नेकपा (एकीकृत समाजवादी) वडा समिति गठन

दीक्षण समाचार
चरिकोट, असोज २८
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कालिञ्चोक गाउँपालिका–८ मा वडा समिति गठन गरिएको छ । हिन्दु धर्मावलम्बीहरुको बडा दशैँ अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा समिति गठन गरिएको हो ।  समितिको अध्यक्षमा घनश्याम शिवाकोटी चयन हुनुभएको छ, भने उपाध्यक्षमा धन बहादुर श्रेष्ठ, कोषाध्यक्षमा युद्ध माया शिवाकोटी, सचिवमा रमेश शिवाकोटी, सहसचिवमा कुमार शिवाकोटी र जगदीश शिवाकोटी चयन हुनुभएको छ । सदस्यहरुमा नेत्र बहादुर आचार्य, गणेश श्रेष्ठ, स्वस्थानी शिवाकोटी, बिष्णु शिवाकोटी, दुर्गा बहादुर मुग्राती, रामकृष्ण त्रिपाठी र राधिका मुग्राती रहनुभएको छ ।

कार्यक्रममा केन्द्रिय प्रतिनिधि गोपाल न्यौपाने, बागमती प्रदेश समिति सदस्य दिनेश शिवाकोटी, युवा संघका अध्यक्ष रामहरी शिवाकोटी, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको अनेरास्ववियू सचिवालय सदस्य सन्जित कार्कीले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "कालिञ्चोक गाउँपालिका वडा नं. ८ मा नेकपा (एकीकृत समाजवादी) वडा समिति गठन"

Leave a comment

Your email address will not be published.


*