कालिञ्चोक गाउँपालिकाले प्राविधिक स्नातक अध्ययनको लागि छात्रबृत्ति प्रदान गर्ने

चरिकोट(दीस)ः कालिञ्चोक गाउँपालिकाले पालिका भित्रका विद्यार्थीहरुलाई प्राविधिक स्नातक तह अध्ययन गर्न छात्रबृत्ति प्रदान गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत सो छात्रबृत्ति प्रदान गर्न लागिएको हो ।
गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुलाई प्राविधिक विषयमा स्नातक अध्ययन गर्नेहरुलाई छात्रबृत्ति प्रदान गर्न लागिएको कालिञ्चोक गाउँपालिकाका शिक्षा अधिकृत रोशनी आचार्यले जानकारी दिनुभयो । अन्य कुनै निकायबाट पूर्ण छात्रबृत्ति नपाएकाहरुलाई ७५ हजार रुपैयाँसम्म छात्रबृत्ति प्रदान गरिने शिक्षा अधिकृत आचार्यको भनाई रहेको छ । छात्रबृत्तिको लागि आवेदन दिने उम्मेद्वार कालिञ्चोक गाउँपालिकाको स्थायी वासिन्दा हुनु पर्ने कालिञ्चोक गाउँपालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "कालिञ्चोक गाउँपालिकाले प्राविधिक स्नातक अध्ययनको लागि छात्रबृत्ति प्रदान गर्ने"

Leave a comment

Your email address will not be published.


*