कालिञ्चोक गाउँपालिकाले जित्यो महिला भलिबलको उपाधि

ईश्वर बिश्वकर्मा
चरीकोट, फागुन २५
दोलखाको जिरी नगरपालिकामा अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि कालिञ्चोक गाउँपालिकाले जितेको छ । उपाधिसँगै उसले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको हो । नगरस्तरीय युवा तथा खेलकुद समितिको आयोजनामा १२२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जिरी प्राविधिक शिक्षालयको खेलमैदानमा आयोजित प्रतियोगितामा जिरी नगरपालिका उपबिजेता र सहिद स्मृति आवासीय माविको समूह तृतीय भएको छ । ती समूहलाई क्रमशः नगद ३० हजार र २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको छ । जिरी प्राविधिक शिक्षालय सान्त्वना भएको र नगद ५ रुपैयाँ पुरस्कार प्रदान गरिएको समितिका अध्यक्ष नुर्बु शेर्पाले बताउनुभयो । साथै वेष्ट प्लेयर, बेष्ट स्पाइकर, बेष्ट सेटर, वेष्ट सर्भर र वेष्ट डिफेण्डरलाई पुरस्कार स्वरुप ट्रफि र प्रमाणपत्र प्रदान गरिएको उहाँले सुनाउनुभयो ।

Shares

Be the first to comment on "कालिञ्चोक गाउँपालिकाले जित्यो महिला भलिबलको उपाधि"

Leave a comment

Your email address will not be published.


*