कालिञ्चोक गाउँपालिकामा १ जनालाई खोलाले बगायो

चरिकोट –दोलखाको कालिञ्चोक गाउँपालिकामा खोलाले बगाएर एक जना युवक बेपत्ता भएका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्वर २ बावरे स्यार्बाराङ निवासि सुरुमान थामीका ३१ बर्षिय छोरा राजु थामी खोलाले बगाएर बेपत्ता भएका हुन् । स्थानीयका अनुसार अपरान्ह ३ बजेको समयमा उनलाई खोलाले बगाएको हो । माछा मार्न गएका उनलाई खोलाले बगाएर बेपत्ता बनाएको र खोजी गरिरहेपनि फेला पार्न नसकिएको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । उनलाई स्थानीय भ्याकुते खोलाले बगाएर बेपत्ता भएको बताइएको छ ।

Shares

Be the first to comment on "कालिञ्चोक गाउँपालिकामा १ जनालाई खोलाले बगायो"

Leave a comment

Your email address will not be published.


*