कालिञ्चोक गाँउपालिकाद्वारा एक बर्षमा साँढे सात किलोमिटर सडक ढलान

नवराज शिवाकोटी
चरिकोटः
कालिञ्चोक गाउँपालिकामा आर्थिक वर्ष २०७९÷८० मा साँढे सात किलोमिटर भन्दा बढी सडकमा ढलान गरिएको छ । ठेक्काद्वारा तथा उपभोक्ता समितिमार्फत विभिन्न वडाहरुमा अवस्थित सडकहरुमा गत आर्थिक वर्षमा ढलान गरिएको हो ।
गत आर्थिक वर्षमा कालिञ्चोक गाउँपालिकाका विभिन्न वडा हरुमा रहेका सडकहरुमा कुल ७ हजार ६ सय ६ मिटर ढलान गरिएको कालिञ्चोक गाउँपालिकाका इञ्जिनियर सागर शर्माले बताउनुभयो । गाउँपालिकाका नौ वटै वडाहरुमा सो परिमाणमा सडक ढलान भएको उहाँको भनाई रहेको छ । स्तरोन्नती गरिएका सडकको ढलानको चौडाई साँढे तीन मिटर देखि पाँच मिटर सम्म छ ।
कुल २१ करोड लागत अनुमान रहेका विभिन्न सडकहरुमा ढलानको काम समाप्त भई भुक्तानी समेत भएको कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज ओलीले बताउनु भयो । गत आर्थिक वर्षमा गुमुखोला–स्याउली–भदौरे–सिमस्वारा–पोखरे सडकमा सबैभन्दा बढी १ हजार एकसय मिटर, क्याम्पस– मलेपु सडक ६०३ मिटर, कटुवाचौर–सुन्द्रावती सडमा ६५५ मिटर तथा सिंगटी संस्कृतग्राम सडकमा १८० मिटर सडकमा ढलान गरिएको छ । यसैगरी कुविन्डे–नरभुई सडकमा ४५० मिटर, घट्टे खोला–कालिञ्चोक–गुमबेसी सडकमा ९४५ मिटर, गुजर्पा–टुटुवान सडकमा ९८१ मिटर, यावलखोला–विगु सडकमा ५३७ मिटर तथा सिस्नेरी धारापानी कमेरे सडकमा २६८ मिटर सडक ढलान गरिएको छ । यस्तै झोरुङ खोला–फलाटे– बाघखोर सडकमा ३४२ मिटर, सोरुङ–निकोभुमे सडकमा १९८ मिटर, सुनखानी–साङबा सडकमा ८४९ मिटर तथा सिंगटी–संस्कृत ग्राम सडकमा थप ४९८ मिटर सडक ढलान गरिएको कालिञ्चोक गाउँपालिकाको तथ्याङ्क छ ।
सिस्नेरी–धारापानी–कमेरे सडक बाहेका अन्य सडकमा ढलानको काम ठेक्का मार्फत सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओलीले जानकारी दिनुभयो । सिस्नेरी–धारापानी–कमेरे सडक भने उपभोक्ता समिति मार्फत दुई खण्डमा काम भएको गाउँपालिकाले जानकारी दिएको छ ।ढलानको काममा गुणस्तरीयता कायम गर्न गाउँपालिकाका प्राविधिकहरुलाई निरन्तर अनुगमनमा खटाइएको गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटीले बताउनु भयो । कतिपय ठाउँमा आफूले निरीक्षण गर्दा कमी कमजोरी भएको पाउँदा काम दोहो¥याएर समेत गर्न लगाएको अध्यक्ष शिवाकोटीको भनाई रहेको छ । विकासका प्रमुख पूर्वाधारहरु मध्ये सडक महत्वपुर्ण भएकोले गाउँपालिका भित्रका कच्चि सडकको स्तरोन्नति गर्ने काम लाई चालु आर्थिक वर्षमा पनि संघीय सरकार तथा प्रदेश सरकारसँग समन्वय गर्दै निरन्तरता दिइने कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुन शिवाकोटीले बताउनुभयो ।

Shares

Be the first to comment on "कालिञ्चोक गाँउपालिकाद्वारा एक बर्षमा साँढे सात किलोमिटर सडक ढलान"

Leave a comment

Your email address will not be published.


*