पर्यटकिय क्षेत्र कालिञ्चोकमा प्रथम स्की महोत्सव हुने

चरिकोट (दीस) – पर्यटकीय जिल्ला दोलखामा पहिलो पटक स्की महोत्सव हुने भएको छ । “नेपाल भ्रमण वर्ष २०२०” को सन्दर्भमा हिमपातपछि परेको हिउँको उपयोग गर्दै स्की तथा स्नो बोर्ड प्रतिष्ठानले दोलखाको कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा प्रथम कुरी स्की÷स्नोबोर्ड च्याम्पियनशीप खेल महोत्सव आयोजना गर्ने भएको छ । स्की खेलप्रति रुचि राख्ने स्वदेशी तथा विदेशी तथा कालिञ्चोक घुम्न आउनेहरुलाई लक्षित गरी यही माघ ९ र १० गते कालिञ्चोक क्षेत्रमा आधारभूत स्की तालिम तथा महोत्सव गरी ११ गते प्रतियोगिता गरिने भएको हो ।
पछिल्लो समय कालिन्चोक क्षेत्र पर्यटकको हवको रुपमा विकास हँुदै गएको छ । दोलखाको पर्यटन विकास गर्न केही सहयोग पुगोस भन्ने उदेश्यका साथ स्की महोत्सव गर्न लागेको आयोजकले बताएको छ । दोलखाको पर्यटन विकास गर्न तथा भिजिट २० को अबसरमा महोत्सव गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले जानकारी दिए । “नेपालमा स्कीको सम्भावना छ ”भन्ने यस प्रतियोगिताले देखाउने पनि पाठकले बताए ।

। महोत्सव अवधिमा दश जना प्रशिक्षकबाट इच्छुकहरुलाई साधारण ज्ञान तथा तालिम दिइने योजना रहेको आयोजकले बताएको छ । प्रतियागितामा राष्ट्रिय र अन्तराष्ट्रिय विधामा प्रतियोगिता गरिनेछ । करिब पाँच हजारले महोत्सव अवलोकन आयोजकले अनुमान गरेको छ । प्रष्ठिानले यसअघि रोल्वालिङ, हुम्लाको सिमिकोट, डोल्पाको पुथा हिमचुली, सोलुखम्बुको मेरा पीक, मनांङको खाग्ङला ग्लेसीयर, मुस्ताङको मुक्तिनाथ आसपास र कास्कीको अन्नपूर्ण आाधारशिविर क्षेत्रमा स्की तथा स्नो बोर्डिङसम्बन्धी खेल गतिविधि तथा कार्यक्रम सञ्चालन गरिसकेको प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले जानकारी दिए । स्की तथा स्नो बोर्डिङलाई नेपालमा लोकप्रिय खेलको रुपमा विकास गर्दै युवाहरुको बीचमा स्थापित गरी अन्तर्रा्ष्ट्रि«य प्रतियोगितामा नेपालको सम्मानजनक उपस्थिति कायम गर्न यस प्रकारको महोत्सव तथा तालिमले सहयोग पुग्ने आयोजकको दावी छ । युवाहरुलाई स्की खेलप्रति आकर्षित गर्दै दोलखालाई साहसिक खेलको केन्द्र बनाउनु यो महोत्सवको उदेश्य रहेको इभेण्ट म्यानेजर सौगात थापाले बताए । विजयी खेलाडीलाई नेपाली स्की एशोसीयसनको सहयोगमा राष्ट्रिय प्रतियोगितामा सहभागी गराईने थापाले बताए  । साहसिक खेलको विकास तथा पर्यटन प्रवद्र्धन गर्न प्रतिष्ठानले विगत ४ वर्षदेखि स्की तथा स्नोबोर्डको विभिन्न कार्यक्रम गर्दै आएको छ ।

 

कुराकानी सकियो
Shares

Be the first to comment on "पर्यटकिय क्षेत्र कालिञ्चोकमा प्रथम स्की महोत्सव हुने"

Leave a comment

Your email address will not be published.


*