कालिञ्चोकले बोलायो विशेष गाउँसभाः ३ वडा भिमेश्वरमा गाभिने

चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकाले विवाद मिलाउन कात्तिक २१ गते बिहिबार बिशेष गाउँसभाको घोषणा गरेको छ ।कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीद्वारा हस्ताक्षरित २०७६ कात्तिक १४ गते ५१५ नम्बरमार्फत गाउँकार्यपालिका सदस्यहरुलाई चलानी गरिएको पत्रमा ४ बुँदे छलफलका विषय तोकी बिशेष गाउँसभाको घोषणा गरिएको हो । कात्तिक २१ गते सुनखानीमा विहान १० बजे बिशेष गाउँसभाको लागि गाउँकार्यपालिका सदस्यहरुलाई पत्राचार गरिएको हो ।
कालिञ्चोक गाउँपालिका वडा नं. ७, ८ र ९ भीमेश्वर नगरपालिकामा जान सहमति दिने, हालको कार्यालय बन्देथलीबाट सञ्चालन गर्ने, ३ वडा भीमेश्वर नगरपालिकामा गाभिए पछिको अवस्थामा स्थायी केन्द्र बाँकी वडाको पाएक स्थान र वार्डको पुन संरचना गर्ने र अर्को निर्वाचन अगाडीसम्मको लागि कार्यालय लापिलाङको बन्देथलीबाट सञ्चालन गर्ने विषयमा विशेष गाउँसभामा छलफल गरि निर्णय गर्ने पत्रमा उल्लेख गरिएको छ । लामो तहको स्थानीय तहको छलफल र राजनितिक सहमति भए पछि गाउँसभामा ४ वटा विषय छलफल हुने जनाइएको छ ।


Shares

Be the first to comment on "कालिञ्चोकले बोलायो विशेष गाउँसभाः ३ वडा भिमेश्वरमा गाभिने"

Leave a comment

Your email address will not be published.


*