कालिञ्चोकमा विद्युत सर्ट भई आगलागि, जलेर दुई घर नष्ट

चरिकोट –(दीस) दोलखाको कालिञ्चोक गाउँपालिकामा विद्युत सर्ट भई आगलागि हुँदा दुईवटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । कालिञ्चोक गाउँपालिका–६ लापिलाङको मार्केफारा निवासी गुम्बे थामी र उनका छोरा धनकुमार थामीको घरमा बुधबार राति आगलागि भएको हो । आगलागिबाट घरमा भएको गरगहना, नगद, र अन्य घरायसी सरसामान गरी लाखौं मुल्य बराबरको क्षति भएको छ । आगलागिबाट मानवीय क्षेति भने नभएको स्थानियले बताएका छन् ।

आगलागी हुँदा घरमा भएको सबै धनसम्पत्ति, लत्ताकपडा,  अन्नपात सबै जलेर नष्ट भएको, तर क्षतिको विवरण भने आइसकेको छैन । पीडित परिवारले आफूहरुलाई उद्धार गर्न आह्वान गरेका छन् ।

आगो कसरी लाग्यो भन्ने यकिन भइनसकेको कालिञ्चोक– ६ का वडाध्यक्ष भरत पाण्डेले बताए । घटनास्थलमा प्रहरी परिचालन भइसकेको र क्षतिको विवरण संकलन भइरहेको दोलखा प्रहरीले जनाएको छ ।

 

 

Shares

Be the first to comment on "कालिञ्चोकमा विद्युत सर्ट भई आगलागि, जलेर दुई घर नष्ट"

Leave a comment

Your email address will not be published.


*