कालिञ्चोकमा मानव कंकाल फेला

चरिकोट (राजकुमार भुजेल) – दोलखाको कालिञ्चोक गाउँपालिकामा मानब कंकाल भेटिएको छ । पालिकाको वडा १ स्थित भैसे पात्लेखोलामा मानब कंकाल भेटियो वडा अध्यक्ष अध्यक्ष पदम बहादुर थामीले जानकारी दिनु भयो । शव सडेगलेको अवस्थामा कपडा र हड्डी देखिएको उहाँले बताउनु भयो । घाँस काट्न गएका स्थानीयले शव फेला पारेपछि वडालाई खबर गरेका थिए । वडाले प्रहरीलाई खबर गरेको थियो । वडाको खबर पछि चरिकोटबाट गएको प्रहरीले शब अहिले चरिकोट ल्याइएको प्रहरीले बताएको छ । घटनाको अनुशन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।

Shares

Be the first to comment on "कालिञ्चोकमा मानव कंकाल फेला"

Leave a comment

Your email address will not be published.


*