कालिञ्चोकमा बन क्षेत्रमा बनेका १६ वटा काठका टहरा भत्काइयो

 चरिकोट (दीस) ः कालिञ्चोक क्षेत्रमा काठले बनेका १६ वटा टहरा भत्काइएको छ । शुक्रबार त्यस क्षेत्रमा काठले बनेका १६ वटा टहरा भत्काइएको हो । डिभिजन बन कार्यालय, सरकारी निकायका प्रतिनिधी तथा सुरक्षाकर्मीको सँयुक्त टोलीले कालिञ्चोक मन्दिर छेउमा बनेका ती टहरा भत्काइएका हुन् । डिभिजन बन कार्यालय दोलखाका प्रमुख कृष्ण राज न्यौपानेका अनुसार काठले बनेका टहराहरुलाई शुक्रबार भत्काइएको छ भने फलामले बनेको टहरा शनिबारसम्म धनी आफैले भत्काउने सहमति भएको छ । ती फलाम बनेको टहरा शनिबारसम्म नभत्काएमा फेरी सरकारी टोलीले ती टहरा भत्काउने उहाँले जानकारी दिनु भयो । त्यस क्षेत्रमा बनेका अवैध टहरा भत्काउने अभियान निरन्तर चल्ने उहाँँको भनाई रहेको छ । यस अघि सरकारी निकायले त्यस क्षेत्रमा बनेका अवैध टहरा हटाउन २० दिने सुचना जारी गरेको थियो ।

Shares

Be the first to comment on "कालिञ्चोकमा बन क्षेत्रमा बनेका १६ वटा काठका टहरा भत्काइयो"

Leave a comment

Your email address will not be published.


*