कालिञ्चोकमा कुरीमा स्की तथा स्नोबोर्डिङ च्याम्पियनसिप सम्पन्न

कुरी (दीस)–पर्यटकीय स्थल कालिञ्चोकमा कुरी स्की तथा स्नोबोर्डिङ च्याम्पियनसिप प्रतियोगिता शनिबार सम्पन्न भएको छ । कालिञ्चोकको हिमपातको उपयोग गर्दै स्की तथा स्नोबोर्ड प्रतिष्ठानले प्रतियोगिता गरेको हो । आज भएको स्की प्रतियोगितामा तारा दल गणका पुण्डरीक पाण्डेले प्रथम स्थान हासिल गरेका छन । त्यस्ौगरी दोलखाको कालिन्चोक गाउँपालिकाका छिरिङ तामाङले द्धितिय तथा रमेश पाख्रिनले तृतिय स्थान प्राप्त गरेका छन ।

स्नोबोर्डिङ तर्फ दोलखाकाको कालिन्चोक गाउँपालिकाका विशाल तामाङ प्रथम भएका छन । त्यसैगरी सोही गाउँपालिकाका  दावा तामाङले द्धितिय तथा नविन तामाङले तृतिय स्थान हासिल गरेका छन । दुवै तर्फका विजेता ३ जना खेलाडी मुस्ताङमा बुधबारबाट हुने स्की तथा स्नोबोर्डिङ राष्ट्रिय च्याम्पियनसिपको लागि छनोट भएका प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले जानकारी दिए ।


प्रतियोगिताका विजेतालाई गाउँपालिकाका अध्यक्ष विन कुमार थामीले पुरुस्कार प्रदान गर्दै यस क्षेत्रलाई पर्यटन हवको रुपमा विकास गर्न पालिका प्रतिवद्ध रहेको बताए । स्की तथा स्नोबोर्डको हवको रुपमा विकास गर्न पालिका तयार रहेको जानकारी दिए । पहिलोपटक कालिञ्चोक गाउँपालिकाको प्रथम कुरीमा स्कीरस्नोबोर्डिङ च्याम्पियनसिप प्रतियोगिता आयोजना गरिएको हो ।


कालिञ्चोक क्षेत्रमा बिहीबार र शुक्रबार आधारभूत स्की तालिम गरिएको इभेण्ट म्यानेजर सौगात थापाले बताए । प्रतियोगितामा सहभागी हुने साहसिक खेलको विकास तथा पर्यटन प्रवर्द्धन गर्न प्रतिष्ठानले विगत ४ वर्षदेखि स्की तथा स्नोबोर्डको विभिन्न कार्यक्रम गर्दै आएको छ। खेलको माध्यमबाट पनि जिल्लाको पर्यटन व्यवसायमा थप मद्दत पुगोस् भन्ने उद्देश्यका साथ स्की च्याम्पियनसिप आयोजना गरिएको आयोजकले बताएको छ ।

Shares

Be the first to comment on "कालिञ्चोकमा कुरीमा स्की तथा स्नोबोर्डिङ च्याम्पियनसिप सम्पन्न"

Leave a comment

Your email address will not be published.


*