कालिज फार्ममा पसेको चितुवा डिभिजन वन कार्यालयको नियन्त्रणमा

दीक्षण समाचार
चरिकोट, साउन ९
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ७ स्थित शनिबार कालिज फार्ममा छिरेको चितुवालाई डिभिजन वन कार्यालयको पहलमा सोमबार नियन्त्रणमा लिइएको छ । काठमाडौँ स्थित सदर चिडियाखानाबाट आएको टोलीले डार्टिङ गरी लठ्याएर चितुवालाई नियन्त्रणमा लिएको हो । फार्ममा छिरेको चितुवाले कालिज मारी लाखौँको क्षति गरेको थियो । फार्मका सञ्चालक मिङ्गुर शेर्पाले करिब एक हजार बढी कालिज चितुवाले मारेको र ३० लाख क्षति भएको दाबी गर्नुभएको छ । डिभिजन वन कार्यालयका प्रमुख थिरबहादुर कार्कीले फार्ममा पसेको चितुवालाई नियन्त्रण लिएपछि वन कार्यालय परिसरको खोरमा थुनेर राखिएको बताउनुभयो । उहाँका अनुसार सरोकारवालाको छलफलको निर्णय अनुसार उक्त चितुवालाई पुनः बासस्थानमै फर्काइने छ ।

Shares

Be the first to comment on "कालिज फार्ममा पसेको चितुवा डिभिजन वन कार्यालयको नियन्त्रणमा"

Leave a comment

Your email address will not be published.


*