कालिका माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ईश्वर दाहाल
चरिकोट, असार २०
कालिका माध्यमिक विद्यालय चिपचिपे जिरीमा अध्ययनरत २ सय ६४ जना छात्र तथा छात्राहरुलाई पोशाक तथा स्टेसनरी सामाग्री वितरण गरेको छ ।
असल मित्र नेपालले उक्त विद्यालयका विद्यार्थीहरुलाई शिक्षामा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरेको हो ।
असल मित्र नेपालको आयोजना र जिरी नगरपालिकाको सहकार्यमा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा जिरी नगरपालिकाका प्रमुख टंक जिरेल, जिरी नगरकी उपप्रमुख कृष्णमाया बुढाथोकी लागयतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा असलमित्र नेपालका अध्यक्ष ज्ञान बहादुर सुनुवारले विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि गुणस्तर शिक्षा जस्ता पक्षहरुमा आफु अनि आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोगलाई निरन्तरता दिईरहने प्रतिबद्धता समेत जाहेर गरे ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रधानाध्यापक रणकाजी तमाङले असलमित्र नेपाल दोलखाले विद्यालयलाई गरेको सहयोगमा धन्यवाद व्यक्त गरे । विद्यालयलाई सदैव साथ सहयोगको अपेक्षा समेत व्यक्त गरे । विद्यालय विद्यार्थी तथा अभिभावकले उक्त कार्यको पंशासा गर्दै असल मित्र नेपाल दोलखालाई उच्च सम्मान धन्यवाद व्यक्त गरे ।
कार्यक्रम असल मित्र नेपालका अध्यक्ष जिरी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष ज्ञान बहादुर सुनुवारको अध्यक्षतामा भएको थियो ।

Shares

Be the first to comment on "कालिका माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण"

Leave a comment

Your email address will not be published.


*