कार्य प्रगति सार्वजनिक

चरिकोट(दीस)ः जिल्ला आयुर्वेद कार्यालयले शुक्रवार चालु आर्थिक वर्षमा कार्यालयले उपलब्ध गराएका सेवा को बारेमा सरोकारवालाहरुलाई एक कार्यक्रमको आयोजना गरी जानकारी दिएको छ । चालु आर्थिक वर्षका कार्यालयका क्रियाकलाप सार्वजनिक गर्न कार्यालयले सो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा कार्यालय प्रमुख डाक्टर मनोज चौधरीले कार्यालयबाट उपलब्ध हुने सेवाहरु तथा कार्यालयले योवर्ष गरेको कार्यहरुको संक्षिप्त विवरण प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा उहाँले अस्पताल भवन निर्माणका लागि उपयुक्त जग्गा उपलब्ध गराईदिन सरकोकारवालाहरुलाई आग्रह गर्नु भएको थियो । यसैगरी कार्यालयकी डाक्टर स्वीकृति ढुङ्गानाले जिल्ला आयुर्वेद कार्यालयले जिल्ला का विभिन्न स्थानहरुमा संचालन गरेको स्वास्थ्य शिविरहरुको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जिल्लामा ठूला बजेटका विभिन्न कार्यालयहरु भएपनि सानो बजेट भएको कार्यालय भएर पनि कार्यप्रगति विवरण सार्वजनिक गरी जिल्ला आयुर्वेद कार्यालयले प्रसंसनीय कार्य गरेको बताउनु भयो ।

Shares

Be the first to comment on "कार्य प्रगति सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*