कार्यालय समयमा संघसंस्थाका कार्यक्रममा सहभागी नहुन निर्देशन

चरिकोट(दीस) ः बैतेश्वर गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालयमा कार्यरत शिक्षकहरु तथा गाउँपालिकाका कर्मचारीहरुलार्य कार्यालय समयमा कार्यालय बाहेक कुनै संघसंस्थाको कार्यत्र mममा संलग्न नहुन निर्देशन दिएको छ । गाउँपालिका भित्रका शिक्षक तथा कर्मचारीहरु कार्यालय समयमै राजनैतिक दहरुका कार्यक्रम तथा अन्य संघसंस्थाको कार्यक्रममा जाने गरेको सरोकारवालाहरुबाट गुनासो आएकोले गाउँपालिकाले सो निर्णय गरेको हो ।
शिक्षक तथा कर्मचारीहरु विदा नलिई कार्यालय समयमै दलहरुको कार्यक्रममा मावेश हुने, अन्य संघसंस्थाको कार्यक्रममा समेत समावेश हुने गरेको गुनासो आएकोले बैतेश्वर गाउँपालिका को कार्यपालिकाले बैशाख १८ गतेको बैठकले शिक्षक तथा कर्मचारीहरुले कार्यालय समयमा कुनै संघसंस्थाको कार्यक्रममा सहभागी हुन नपाउने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञावली ले जानकारी दिनुभयो । गाउँपालिकाको निर्णय विपरित यस्ता कृयाकलापमा सहभागी हुनेहरुलाई कारवाही गरिने प्रमुख प्रशासकीय अधिकृत ज्ञावलीको भनाई रहेको छ ।
बैतेश्वर गाउँपालिका अन्तर्गत करिब एकसय पच्चिस कर्मचारी तथा दुईसय पचास शिक्षक कार्यरत रहेका छन् । गाउँपालिकाको निर्णयबाट कार्यालयमा हाजिर गरी दलिय तथा अन्य गतिविधिमा संलग्न हुनेक्रम रोकिने गाउँपालिकाको आशा छ । शैक्षिक सुधारकैलागी बैतेश्वर गाउँपालिकाले यस अघि गाउँपालिकामा कार्यरत शिक्षक तथा कर्मचारीहरुका छोराछोरी सामूदायिक विद्यालयमानैं पढाउनु पर्ने निर्णय गरेको थियो । यो निर्णय कार्यन्वयन भयो कि भएन भनी प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत ज्ञावलीले यसको बारेमा तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको बताउनु भयो । यदी कुनै कर्मचारी वा शिक्षकले गाउँपालिकाले गरेको निर्णय विपरित काम गरेको पाइएमा गाउँ कार्यापालिकाको बैठकले आवश्यक निर्णय गर्ने उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "कार्यालय समयमा संघसंस्थाका कार्यक्रममा सहभागी नहुन निर्देशन"

Leave a comment

Your email address will not be published.


*