कार्यालय पोसाकमा टिकटक बनाए कारवाही गरिने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन कर्मचारीलाई निर्देशन दिएको हो ।
कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारीसाधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।
कार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक नबनाउन हामीले निर्देशन दिएको उहाँको भनाई रहेको छ । पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको गुनासो आएकाले उक्त कदम चालिएको मन्त्रालय को भनाई रहेको छ ।

Shares

Be the first to comment on "कार्यालय पोसाकमा टिकटक बनाए कारवाही गरिने"

Leave a comment

Your email address will not be published.


*