कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय दोलखा ७३ औँ स्थानमा

चरिकोट(दीस)ः गृह मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय दोलखा ७३ औं स्थानमा परेको छ  । गृह सचिव र प्रमुख जिल्ला अधिकारी विचमा गत आर्थिक वर्षमा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्ककनमा नेपालका ७७ जिल्ला मध्ये दोलखा ७३ औं स्थानमा परेको हो ।
गृहमन्त्रालयले गरेको गत आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कनमा ७७ जिल्ला मध्ये दोलखा ७३ औं स्थानमा परेको गृहमन्त्रालयले आफ्नो वेवसाइटमा सार्वजनिक गरेको छ । दोलखाले ६७ दशमलब १५ अंक प्राप्त गरी ७३ औं जिल्ला बनेको हो । कार्य सम्पादन सम्झौता मूल्याङ्कन अनुसार गुल्मी जिल्ला सबै भन्दा बढी ९६ दशमलब ४४ अंक प्राप्त गरी पहिलो स्थानमा, पश्चिम रुकुम ९६ दशमलब १३ अंक प्राप्त गरी दोस्रो तथा रुपन्देही ९६ अंक प्राप्त गरी तेस्रो हुन सफल भएका छन् । यस्तै सिराहा जिल्लाले ६१ दशमलब ५६ अंक प्राप्त गरी सबै भन्दा कम अंक प्राप्त गर्ने ७७ औं जिल्ला बनेको छ ।
७७ वटै जिल्लाको औषत प्राप्ताङ्क भने ८६ दशमलब ५ रहेको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयले विभिन्न सूचकका आधारमा जिल्लाको मूल्याङ्ककन त्रैमासिक रुपमा गर्र्ने गरेको छ ।
विभिन्न सूचकका आधारमा अंक प्रदान गर्दा ९० प्रतिशत भन्दा बढी अंक प्राप्त गर्ने जिल्ला अति उत्कृट तथा ८० प्रतिशत देखि ८९ अंक प्राप्त गर्र्ने उत्कृष्ट मा मानिन्छ । यस्तै ६० देखि ७९ अंक प्राप्त गर्ने जिल्ला उत्तम, ५० देखि ५९ सम्म प्राप्त गर्ने जिल्ला मध्यम तथा ५० प्रतिशत भन्दा कम अंक प्राप्त गर्ने जिल्लाप्रशासन कार्यालय न्यून मा पर्दछन् । गृहमन्त्रालयले दिएका सूचकहरुमा शान्ति सुरक्षा तथा सेवा प्रवाह, प्रशासकीय प्रबन्ध, मुद्दाफर्यौट, लागु औषध नियन्त्रण, अपराध नियन्त्रण, विपद जोखिम न्यूनिकरण तथा मुआबजा वितरण, विकासका कार्यमा सहजिकरण जस्ता कुराहरु पर्दछन् ।
गृहमन्त्रालयले गरेको मूल्याङ्कनका आधारमा दोलखा सुसासनका हिसावले उत्तम जिल्लाको रुपमा परेको छ । नेपालका कुल ७७ जिल्ला प्रशासन कार्यालयहरुमध्ये ३३ वटा अति उत्कृष्टमा परेका छन् ।

Shares

Be the first to comment on "कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय दोलखा ७३ औँ स्थानमा"

Leave a comment

Your email address will not be published.


*