कार्यशाला गोष्ठी सम्पन्न

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा समावेशी विपद् तथा जलवायु उत्थानशील सम्बन्धी योजना तथा स्थानीय सरकार र सरोकारवालाहरुको भूमिका सम्बन्धी एक दिने कार्याशाल गोष्ठी सम्पन्न भएको छ। गौरीशंकर सामुदायिक पुस्तकालयको आयोजनामा सोमबार कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न सम्पन्न कार्यशाला गोष्ठीमा विपद् ब्यवस्थापनबारे सुरेश राउत, विराम मगर तथा ईश्वरी दहालले सहजीकरण गर्नु भएको गौरीशंकर सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेतले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, गणपति सुरज बस्नेत, डिएसपी युवराज खड्का, शम्भु विक्रम शाह लगायतको उपस्थिती रहेको थियो ।

Shares

Be the first to comment on "कार्यशाला गोष्ठी सम्पन्न"

Leave a comment

Your email address will not be published.


*