कारोना नियन्त्रण गर्न सहकारीको साथ ः भीनपाको अभियानलाई २१ सहकारीले दिए साढे ५ लाख

चैत २०, चरिकोट(दीस) । भीमेश्वर नगरपालिका भित्रका सहकारीले कोरोना नियन्त्रण सहयोग गर्ने निर्णय गरेका छन् । नगरको एक घर दुई सावुन एक ब्यक्ति एक मास्क अभियान लाई भीमेश्वर नगरपालिका भित्र मुख्य कार्यालय रहेका सहकारीहरुले ५ लाख ४४ हजार रकम सहयोग गर्ने भएका छन् । नगर पालिकाको एक घर दुई सावुन, एक व्यक्ति एक मास्क अभियान उनीहरले सहयोग गर्ने निर्णय गरेका हुन । नगरपालिकाको समन्वयमा बिहिबार भीमेश्वर नगरपालिका भित्र मुख्य कार्यालय रहेका २१ वटा सहकारीको बैठकले सो निर्णय गरेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए । कोरोना भाईरसको सम्भावित संक्रमण हुन नदिनका लागि दोलखाको सदरमुकाम चरिकोटस्थित भीमेश्वर नगरपालिकाले सो अभियान संचालन गर्ने भएको हो ।

Shares

Be the first to comment on "कारोना नियन्त्रण गर्न सहकारीको साथ ः भीनपाको अभियानलाई २१ सहकारीले दिए साढे ५ लाख"

Leave a comment

Your email address will not be published.


*