काभ्रेमा भएको दुर्घटनामा ३ दोलखालीको ज्यान गयो

चरिकोट– काभ्रेपलाञ्चोकमा भएको दूर्घटनामा परी ३ जनाको ज्यान गएको छ । रोसी गाउँपालिकामा स्कुटर र स्कार्पियो एक आपसमा ठोकिँदा दोलखाको शैलुङ गाउँपालिकाका एकै परिवारका तीन जनाको ज्यान गएको हो । मृत्यु हुनेमा शैलुङ गाउँपालिका ७ का ३५ वर्षिय सोनाम लामा, उनकी श्रीमती ३० वर्षिया बिमला लामा र १२ वर्षिय छोरा मनिष लामा रहेका छन् । दुर्घटनामा परी गम्भिर घाइते भएका सोनामको धुलिखेल अस्पतालमा मृत्यु भएको हो भने उनकी श्रीमति बिमला र छोरा मनिषको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरिक्षक दीपक गिरीले जानकारी दिए ।

Shares

Be the first to comment on "काभ्रेमा भएको दुर्घटनामा ३ दोलखालीको ज्यान गयो"

Leave a comment

Your email address will not be published.


*