काभ्रेपलाञ्चोक नागरिकता भन्दा पासपोर्ट बनाउने बढी

काभ्रेपलाञ्चोक ः काभ्रेपलाञ्चोक जिल्लामा नागरिकता बनाउने भन्दा पासपोर्ट बनाउनेको संख्या बढी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको विगत तीनमहिनाको तथ्याङ्क अनुसार नागरिकता भन्दा पासपोर्ट बनाउनेको संख्या बढी रहेको पाइएको हो । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको तथ्याङ्कअनुसार गत फागुनमा सात सय २८ जनाले नागरिकता लिएका थिए भने दुई हजार दुई सय ८९ जनाले पासपोर्ट लिएका थिए । यसैगरी राष्ट्रिय परिचयपत्रका लागि करिब दुई हजार चार सय जनाले फोटो खिचाएका छन् । यस्तै माघ महिनामा पासपोर्ट लिनेको सख्या १ हजार चार सय ७९ जना रहेकामा नागरिकता बनाउने १ हजार ९० जना रहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ । सोही अवधिमा प्रतिलिपि नागरिकता छ सय १३ जनाले र राष्ट्रिय परिचयपत्र दुई हजार ८१ जनाले लिएका छन् ।
यसैगरी गत पुस महिनामा सात सय ६० जनाले नागरिकता बनाएकोमा एक हजार तीन सय ७१ जनाले पासपोर्ट लिएका छन् । यस्तै राष्ट्रिय परिचयपत्रका लागि दुई हजार १६ जनाले फोटो खिचाएको कार्यालयको तथ्याङ्क छ । जिल्ला प्रशासन कार्यालयले विदाका दिनमा समेत अनलाईन फाराम भरी पासपोर्ट बनाउन सेवा दिइरहेको छ ।

Shares

Be the first to comment on "काभ्रेपलाञ्चोक नागरिकता भन्दा पासपोर्ट बनाउने बढी"

Leave a comment

Your email address will not be published.


*